Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकी वैज्ञानिकको खोज : डीएनए परिवर्तन गरेर हृदयघात रोक्न सकिने !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ १३ २०७९
  • 3.3K
    SHARES

दयघात अहिले मृत्युको प्रमुख कारण बन्दै गइरहेको छ । हृदयघातको निराकरणका लागि अनेक प्रयास भइरहँदा पनि यसबाट बर्सेनि हजारौंको ज्यान गइरहेको छ ।

बजारमा पाइने खोप र औषधिले कोलेस्ट्रोलको मात्रा घटाउने भए पनि हृदयघात हुनबाट भने बचाउन सकिएको छैन । सर्वसाधारणलाई हृदयघातबाट बचाउन अमेरिकाको बायोटिक कम्पनी वर्व थेराप्युटिक्सले नयाँ प्रविधिको विकास गरेको छ ।

वर्व थेराप्युटिक्सका सीईओ डा. शेकर कथिरेसनले ब्लुमबर्गसँग गरेको कुराकानीमा मान्छेको ‘डीएनए’मा बद्लाव ल्याएर शरीरमा खराब कोलेस्ट्रोल जम्नबाट रोक्न सकिने बताएका छन् । यसैलाई उनले हृदयघातको स्थायी समाधान मानेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का अनुसार सन् २०१९ मा मुटुसम्बन्धी रोगका कारण विश्वभर १ करोड ८ लाख जनाको मृत्यु भएको थियो । जसमा ८५ प्रतिशत मृत्युको कारण हृदयघात र स्ट्रोक रहेको थियो ।

वर्व थेराप्युटिक्सका अनुसार डीएनएमा परिवर्तन गर्ने प्रयास सुरुमा कोलेस्ट्रोलका कारण हृदयघात भइसकेकामा गरिने छ । यो एक आनुवांशिक रोग हो, जसको नाम हाइपरकोलेस्ट्रामिलिया हो । यसबाट विश्वमा वार्षिक ३ करोड १ लाख सर्वसाधारण प्रभावित भइरहेका छन् ।

यो विधि खराब कोलेस्ट्रोल रोक्न सफल भए अनुसन्धान तथा प्रयोगमा युवालाई सहभागी गराइने छ । ताकि उनीहरुलाई हृदयघात हुनुभन्दा पहिला नै बचाउन सकियोस् । तर यो काम कहिलेबाट हुन्छ यसबारे कम्पनी केही बोलेको छैन ।

डा. कथिरेसन हार्वड विश्वविद्यालयका प्रख्यात जेनेटिसिस्ट र कार्डियोलोजिस्ट हुन् । उनले शरीरमा कोलेस्ट्रोलको मात्रा कम गर्ने जेनेटिक म्युटेसनको खोजी गरेका छन् । यसबाट हृदयघात हुने सम्भावना न्यून हुन्छ । उनी अहिले कोलेस्ट्रोल बढाउने तत्वका बारेमा खोजी गरिरहेका छन् ।

अहिले वर्व थेराप्युटिक्स मान्छेको डीएनएका दुई जीनलाई लक्षित गरेर काम गरिरहेको छ । जसको नाम पीसीएसके-९ र एएनजीपीटीएल-३ रहेको छ । केही हृदयघातका बिरामीलाई एक मात्रै औषधिले काम गर्न सक्ने छ भने केहीलाई दुवैको आवश्यकता पर्न सक्नेछ । कम्पनी क्रिस्पर डीएनए एडिटिङ टुलको प्रयोग गरिरहेको छ । यसबाट वैज्ञानिकले मान्छेको जीन सिक्वेन्सलाई बदल्न सक्नेछन् ।

वर्व थेराप्युटिक्सले यो उपचारको प्रयोग बाँदरमा प्रयोग गरिसकेको छ । बाँदरमा डीएनए परिवर्तन गरेको दुई सातामा कोलेस्ट्रोलको स्तर ५९ प्रतिशतसम्म कम भएको भएको र ६ महिनासम्म यो कायम रहेको थियो । कम्पनीले केही महिनाभित्र मान्छेमा पनि यो ट्रायल सुरु गर्ने जनाएको छ । यद्यपि यसको प्रयोगमा वर्षौं लाग्न सक्छ ।

स्वास्थ्य विज्ञ एलिजाबेथ म्याकनेलीले वर्व थेराप्युटिक्सले प्रयोग गर्न थालेको विधि एकदमै नयाँ भएकाले चिकित्सक तथा बिरामी यसको प्रयोग गर्न हिच्किचाउने बताएकी छन् । साथै, उनले यसको प्रयोग गर्दा डीएनएमा कुनै गडबडी हुन्छ कि भन्ने चिन्ता र भय हुन्ने जानकारी दिएकी छन् ।

माइकल सरम्यान कम्पनीले औषधि बजारमा ल्याए पनि अहिले उपलब्ध औषधिको तुलनामा यो निकै महंगो हुने बताउँछन् । डीएनए बदल्ने यो उपचारको ५० हजार २ लाख डलरसम्म रहने विश्लेषण गरिएको छ ।

दैनिक भास्करबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४