Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौंमा पुनः मतगणना गर्न माग


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ ९ २०७९
  • 6.7K
    SHARES

काठमाडौं । काठमाडौं महानगरमा पुनः मतगणना गर्न माग गर्दै निवेदन परेको छ ।

काठमाडौं महानगरपालिकाका उपमेयर पदका उम्मेदवार एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनुभएको छ ।

काठमाडौं महानगरपालिकामा कलम चिह्नबाहक आफूले उपमेयर पदमा र रुख चिह्न बाहक कांग्रेसले मेयर पदमा उम्मेदवारी दिएको उल्लेख गर्दै श्रेष्ठले रुख चुनाव चिन्ह बाट उपमेयर पदमा उम्मेदवारी नपरी खाली रहेको उल्लेख गर्नुभएको छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २४ मा उम्मेदवारले नाम फिर्ता लिने समय समाप्त भए पछि निर्वाचन अधिकृतले बाँकी रहेका उम्मेदवारको नामावली तोकिए बमोजिम तयार गरी प्रकाशन गर्न पर्न र दफा २६ मा उम्मेदवारी दिएर अन्तिम नामावली प्रकाशन भएका उम्मेदवार र दलले निर्वाचन चिन्ह पाउने कानुनी व्यवस्थाको आलोकमा दफा ५१(१)(ङ) लाई हेरि व्याख्या गरिनु पर्ने उहाँको जिकिर छ ।

यसरी उम्मेदवारी परी, अन्तिम भइ, निर्वाचन चिन्ह प्राप्त गरेका उम्मेदवारलाई नै मतदाताले मतदान गर्ने भन्दै श्रेष्ठले मतपत्रमा उम्मेदवार नै नभएका खाली कोठामा निर्वाचन चिन्ह राखिनु दफा १७, १९, २२, २४ र २६ को भावना र मनसाय विपरीत हुने जिकिर गर्नुभएको छ ।

उम्मेदवार नै नभएका उपमेयरको रूख चिन्हमा मत सङ्केत हुँदा आफू उम्मेदवार भएको कलम चिन्हको मत सङ्केतलाई समेत बदर गरी गणना गरेकोप्रति उहाँको असन्तुष्टि छ । यसबाट मत परिणाममा असर परी, उपविजेता हुने उम्मेदवारले जित्ने र जित्ने उम्मेदवारले हार्ने अवस्था देखापरेको श्रेष्ठको दाबी छ ।

प्रतिस्पर्धी उम्मेदवार नै नभएका कलम र रूख चिन्हमा मत सङ्केत भएका मतपत्रमा आफु उम्मेदवार भएको कलम चिन्हको मत सङ्केतलाई सदर मानी पुनः मतगणना गर्नु पर्ने उहाँको निवदेनमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४