Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गठबन्धनलाई जिताउन अपिल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २६ २०७९
  • 4K
    SHARES

पोखरा । पोखरा महानगरपालिकामा मेयर पदका लागि गठबन्धनको उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यलाई जिताउन गठबन्धनका नेताहरू पोखरा पुगेका छन् । पोखराको मेयरमा एमालेको तर्फबाट कृष्ण थापा चुनावी मैदानमा हुनुहुन्छ । कम्युनिस्टको गढको रूपमा मानिएको पोखरामा दुवैतर्फका कम्युनिस्ट नेताहरू चुनावी मैदानमा होमिएका छन् । कतिपय पुराना एमाले कार्यकर्ता माधव नेपाल पक्षमा नरहे पनि आचार्यलाई जिताउन लागिपरेका बताइन्छ ।
गठबन्धनका नेताहरूले आइतबार पोखरा महानगरपालिका अमरसिंह चौरमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै आचार्यलाई जिताउन अपिल गरेका छन् ।

आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलको कारणले नै आफ्नो सरकार बनेको जिकिर गर्दै गठबन्धनलाई जिताउनु कांग्रेसको दायित्व भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘कांग्रेसका लागि गठबन्धन सबैभन्दा बढी आवश्यक छ । प्रचण्डजी, माधवजी, जनता समाजवादीलगायत पाँच दल उदार भएर सहयोग गरेको छ । उनीहरूको सहयोगमा नै हाम्रो सरकार छ हेर्नुस् त ।’ उहाँले एमालेले जितेको खण्डमा ओलीले जे पनि गर्नसक्ने टिप्पणी गर्दै गठबन्धनलाई नस्विकारे पार्टीले कारबाही गर्ने चेतावनीसमेत दिनुभयो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ओलीमा अझै पनि दम्भ रहेको र सोही दम्भका कारण समाप्त भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘यो सबैलाई हेक्का रहोस् । सबैलाई जानकार होस् । दम्भ राख्नुभयो भने तपाईंको पनि विनास हुनुबाहेक अरू केही उपाय हुँदैन ।’ उहाँले पोखरामा मेयर र उपमेयर गठबन्धनको आए फेवाताल संरक्षणलाई मुख्य एजेन्डा बनाएर आघि बढ्नसमेत आग्रह गर्नुभयो ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादी गठबन्धलाई परास्त गर्न आवश्यक रहेको बताउनुभएको छ । उहाँले गठबन्धलाई नजिताएमा देश राजनीतिक दुर्घटनामा जाने खतरा रहेको सुनाउनुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४