Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बागमती प्रदेशमा पिपिआर खोप अभियान सुरु


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २४ २०७८
  • 4.5K
    SHARES

हेटौंडा, । बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सबै स्थानीय तहका भेडा बाख्राहरुमा पीपीआर रोग नियन्त्रण तथा रोकथामको लागि पीपीआर खोप लगाउने अभियान सुरु गर्न लागेको छ ।

मंगलबारबाट सुरु हुने खोप अभियान फागुन २ गतेसम्म चल्ने मन्त्रालयका प्रवक्ता राजन ढकालले बताउनुभयो । उहाँले पहिलो पटक खोप अभियान थालिएको भन्दै एक हप्ता सबै स्थानीय तहहरुमा खोप केन्द्र र भ्याक्सिनेटर तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।

पहिलो चरणमा १ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख ९० हजार खोप मात्रा आएको पशु तथा मत्स्य विकास निर्देशनालयका निमित्त प्रमुख डा. रामप्रकाश प्रधानले जानकारी दिनुभयो । उहाँले प्रदेशमा भेडाको संख्या ९३ हजार ६ सय ३९ र बाख्राको संख्या २३ लाख ५१ हजार २ सय १७ रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४