Jana Prahar

बिहिबार, असोज २९ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निखिलले बनाउने नयाँ फिल्म चर्चामै सीमित


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर २१ २०७८
  • 8.7K
    SHARES

 काठमाडौं । अभिनेता निखिल उप्रेती चलचित्र ‘भैरव’को निर्देशनपछि अर्को चलचित्र लिएर आउन सकेका छैनन् । निखिलकै निर्देशनमा चलचित्र ‘कमिटमेन्ट : सिक्स्टी आवर्स’को छायांकन नभएको पनि होइन । तर निक्कै तामझामका साथ पत्रकार सम्मेलनको आयोजना गर्दै घोषणा गरिएको यो चलचित्र छायांकन पूरा नहुँदै बीचमै रोकियो ।

निखिलले चलचित्र ‘कमिटमेन्ट : सिक्स्टी आवर्स’ मुम्बईमा अलपत्र परेका नेपाली युवतीको उद्धार सम्बन्धी कथामा बनाइरहेका थिए । चलचित्र छायांकन नेपालसँगै विभिन्न देशमा पनि गर्ने योजना उनको थियो । तर, हल्ला खुबै भएको यो चलचित्रको काम रोकिन पुग्यो । त्यसपछि निखिलले अर्को चलचित्र ‘आयो भैरव’ पनि बनाउने चर्चा भयो । ‘भैरव’ चलचित्रको सिक्वेलको रुपमा बन्न लागेको चलचित्रमा निखिलसँग अभिनेत्री सञ्चिता लुइँटेलले काम गर्ने खबर सार्वजनिक भएको थियो । निखिलले पनि यो चलचित्रको कामलाई अगाडि बढाएका थिए । तर, ‘आयो भैरव’को पनि हल्ला धेरै भयो काम भएन ।

बरु निखिल अध्यात्ममा बढी केन्द्रित भए । उनले  विभिन्न स्थानमा प्रवचन पनि दिन थाले । निखिलका आध्यात्मिक कुराले धेरैको मन खिच्यो । नेपाली चलचित्र क्षेत्रमा ‘एक्सनको राजा’ भनेर  चिनिएका निखिल फेरि नयाँ चलचित्र बनाउने तयारीमा रहेको खबर बाहिरिएको छ । सञ्चारकर्मीसँगको कुराकानीमा उनले आफूले नयाँ चलचित्र बनाउने र त्यो चलचित्र पूर्ण रुपमा व्यावसायिक हुने बताएका छन् ।

निखिलले आफूले शिक्षामूलक चलचित्र पनि बनाउन चाहेको बताएका छन् । तर, निखिलले चलचित्र बनाउने कुरा चर्चामा मात्रै सीमित हुने गरेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४