Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ईश्वरी बरालको नयाँ गीत दही दिन्छु मोही दिन्छु सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ २ २०८३
  • 1.9K
    SHARES

काठमाडौं । गायिका ईश्वरी बरालको नयाँ गीत दही दिन्छु मोही दिन्छु सार्वजनिक भएको छ।

ठाडो भाका र झ्याउरेको फ्युजन गरिएको लोक लयमा आधारित गीत ईश्वरी बराल युटुव च्यानलमार्फत सार्वजनिक भएको हो।

गीतमा लोकप्रिय सर्जक दिपक शर्माको शब्द र संगीत रहेको छ। अनामनगरिस्थित ओएभ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको एरेन्ज सविन सुवेदीले गरेका हुन् भने मिक्सीङ, मास्टरिङ नरेन्द्र वियोगीको रहेको छ। म्युजिक भिडियोको निर्देशन केशवराज भट्टले गरेका हुन्।

भिडियोमा सुरेस कोली, शेखर घर्ती मगर, तिर्सना बराइली र बरालले नृत्य तथा अभिनय गरेका छन्। भिडियोमा कोरियोग्राफी पनि भट्टले नै गरेका हुन् भने सकायक कोरियोग्राफर नविन पौडेल रहेका छन्।

लोक पप, आधुनिक र र्याप गीत गाउँदै आएकी बरालको लोक लयमा आधारित यो पहिलो गीत हो। उनका यसअघिका नरिसाउन होइ, खानदानी छोरी, माया छकि छैन, नैना रेसम लगायत गीत चर्चामा छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४