Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

धेरै कागती पानी शरीरका लागि हानिकारक, शरीरमा पुर्‍याउँछ पाँच नोक्सान


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर १७ २०७८
  • 2.2K
    SHARES

एजेन्सी । कागती भिटामिन ‘सी’ को प्रमुख स्रोत हो ।

कागती पानीले पेटमा भएको समस्या समाधान गर्नुका साथै शरीरको तौल घटाउन पनि मद्दत गर्छ । यसले शरीरलाई हाइड्रेड राख्ने र पाचन प्रणालीलाई दुरुस्त राख्छ । तर, धेरै मात्रामा कागती पानी पिउँदा नोक्सान पुर्‍याउने हुन्छ ।

१.दाँतलाई नोक्सान : अमेरिकन डेन्टल एशोसियसनका अनुसार धेरै कागतीको सेवनले दाँतमा भएको प्राकृतिक इनामेललाई असर गर्छ । कागती पानीपछि सादा पानी पिउँदा यसको असर कम गर्न सकिने अध्ययनको निष्कर्ष छ । कागती पानी पिएलगत्तै ब्रस गर्नुहुँदैन ।

२.पेटमा समस्या : कागती पानी पेटको लागि फइदाजनक भए पनि धेरै प्रयोगले ग्यास्ट्राेएसोफेजल रिफ्लक्स रोग र एसिड रिफ्लक्स जस्ता समस्या हुन सक्छन् । यस्ता समस्याहरू कागतीजस्ता एसिडिक खानाबाट सुरु हुन्छ । यस्ता रोगले छाती पोल्ने र उल्टीसमेत हुन्छ ।

३.कागतीको बोक्रामा हुन्छ किटाणु : जर्नल अफ एनवायर्नमेन्टल हेल्थले २००७ मा गरेको अध्ययनमा विभिन्न २१ रेस्टुरेन्टका कागतीको परीक्षण गरिएको थियो । परीक्षणका क्रममा धेरै कागतीको बोक्रामा शुक्ष्म किटाणु भेटिएको र यसले विरामी पार्नसक्ने बताइएको छ । बोक्रासहितको कागती पानीमा राख्दा यसले झन् असर गर्ने भएकाले कागतीको रसलाई मात्र पानीमा मिसाउनु फाइदाजनक हुन्छ ।

४ घाउ निको हुन धेरै समय लाग्ने : कागतीको रसले घाउलाई पोल्ने र दुखाउने हुन्छ । एक दुई हप्तामा निको हुने घाउलाई कागती पानी धेरै पिउँदा घाउलाई बढाउने र घाउ ठिक हुन लामो समय लाग्ने हुन्छ । त्यसैले शरीरमा घाउ लागेको समयमा धेरै अमिलो फल नखानु फाइदाजनक हुन्छ ।

५.टाउको दुख्ने/माइग्रेन : अमिलो फल र माइग्रेनबीच खासै बलियो सम्बन्ध पाइँदैन । केही अध्यनका अनुसार अमिलो फलले माइग्रेनलाई बढाउन सक्छ । न्युरोलोजिस्ट रेबेका ट्रबका अनुसार कागतीमा टाइरामाइन धेरै हुने हुँदा अन्य फलको तुलनामा यसले माइग्रेन र टाउको दुखाइलाई बढाउँछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४