Jana Prahar

बिहिबार, असोज २९ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चलचित्र चल्दैन भन्ने पहिल्यै थाहा थियो, ‘महानायक’ विवादले असर गरेको होइनः शोभित


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक ६ २०७८
  • 6.1K
    SHARES

नेपाली चलचित्रको व्यापारका लागि दशैं पर्व विशेष मानिन्छ । दशैंमा रिलिज भएका चलचित्रले व्यापारिक रुपमा सुखद कमाई गरेको देखिन्छ । यो बर्षको दशैंमा पनि निर्देशक शोभित बस्नेतले चलचित्र ‘डाँडाको वर पीपल’ रिलिज गरे । तर, दर्शकले चलचित्रमा रुची देखाएनन् ।

चलचित्र रिलिज अगाडि शोभित र उनको टिमले ‘महानायक’ विवाद चर्काएको थियो । चलचित्रको व्यापारमा यही विवादले ठूलो असर गरेको तर्क समेत धेरैले गर्ने गरेका छन् । तर, निर्देशक बस्नेत भने यो कुरा स्विकार गर्दैनन् ।

उनी भन्छन्–‘यो कुरा गलत हो । यो समयमा जुनसुकै चलचित्र चलाएको भए पनि चल्दैनथ्यो । हामीले त पहिलेदेखि नै यो चलचित्र हलमा चल्दैन भनेर भनिराखेका नै थियौं । यो चलचित्र निर्माताले ओटीटी प्लेटफर्मका लागि बनाएका हुन् । हल खुलेकाले दर्शकलाई सकारात्मक सन्देश दिनका लागि रिलिज गरिएको हो ।’

शोभितले अझै ९ महिना जुनसुकै चलचित्र चलाएपनि नचल्ने दाबी गरे । उनले भने–‘हलिउडको सर्वाधिक चर्चित चलचित्र चल्दा पनि दर्शक आएनन् । तिहारमा अक्षय कुमारको सुर्यवंशीले पनि अपेक्षित दर्शक पाउँदैन । करिब ९ महिना सबै चलचित्रको अपेक्षा सुखद हुँदैन ।’

शोभितले चलचित्र चल्दैन भन्ने थाहा पाएपनि आफ्नो हल संचालक र वितरकसँग राम्रो सम्बन्ध रहेकाले यो क्षेत्रको माहोल बनाउन आफूले चलचित्र रिलिज गरेको बताए । उनले भने–‘निर्माताले ओटीटी प्लेटफर्मबाट कमाउँछन् । हामीले दशैंमा चलचित्र रिलिज गर्छौ भन्दा हल खुलेको पनि थिएन ।’

शोभितले बुढासुब्बा ओर्जिनलकै लगानीमा तिहारसपछि नयाँ चलचित्रको छायांकन सुरु गर्ने बताए । यो चलचित्रमा पनि नायक सलोन बस्नेत र नायिका रुविना थापाको मुख्य भूमिका रहने उनको भनाई छ । यो चलचित्र भने पूर्ण रुपमा हल केन्द्रित हुने उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४