Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नारायणी अस्पतालको फार्मेसीमा अख्तियारको छापा”


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन ३२ २०७८
  • 2.1K
    SHARES

स्टोरमा सिलबन्दी भुक्तानीसम्बन्धी कागजात अख्तियारको नियन्त्रणमा


वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा सञ्चालित फार्मेसीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । २०७४ सालदेखि अस्पतालले सञ्चालन गरेको फार्मेसीमा अनियमितता भएको समाचार सार्वजनिक भएपछि अख्तियारको हेटौंडास्थित कार्यालयको टोलीले सोमबार छापा मारेको हो । सोमबार अख्तियारको हेटौंडा कार्यालयका उपसचिव विष्णु सापकोटासहित ५ सदस्यीय टोली सोमबार नारायणी अस्पताल आएको थियो । साढे ११ बजे अस्पताल आएको टोली ६ घण्टापछि मात्रै फर्केको छ ।

टोलीले फार्मेसीको स्टोरमा रहेको औषधिको मौज्दात जाँच गरेर सिलबन्दी गरेको छ । औषधि खरिद, बिक्री, भुक्तानीसँग सम्बन्धित कागजपत्र नियन्त्रणमा लिएको छ । फार्मेसीको स्टोरमा २ सय ९ प्रकारका औषधि रहेको र अधिकांश म्याद गुज्रेको पाइएको अख्तियारको टोलीले जनाएको छ । फार्मेसीमा अनियमितता भएको भनी समाचार सार्वजनिक हुनुको साथै अख्तियारमा उजुरी परेपछि त्यसै विषयमा अनुसन्धान शुरु गरिएको उपसचिव सापकोटाले जानकारी दिए ।

उनले भने, ‘झण्डै ७०÷८० लाख रुपैयाँको औषधि म्याद गुजे्रेको छ भन्ने कुरा छ । त्यो औषधिको कसरी म्याद गुज्रियो भनेर बुझ्दैछौं । औषधिसँग जोडिएका खरिद बिक्री र भुक्तानीसँग जोडिएका कागजात सबै लिएका छौं, फार्मेसीको स्टोर शाखा सिल गरेका छौं ।’  फार्मेसीको अनियमितताबारे अनुसन्धानपछि मात्र थाहा हुने उनले बताए । सरकारले दिएको २० लाख रुपैयाँ बीउ पुँजीबाट २०७४ सालमा शुरु भएको फार्मेसीमा करीब १ करोड रुपैयाँको हिसाब गडबड भएको अस्पताल स्रोत बताउँछ ।

सहयोग गर्न अख्तियारको आग्रह

अख्तियारको टोलीले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्रबहादुर प्रधानलाई भेटेर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ । अस्पताल प्रशासनलाई समन्वय गर्नुस्, आवश्यक कागजात दुरुस्त उपलब्ध गराइदिनुस् भनेर आग्रह गरेका छौं,’ अख्तियार हेटौंडा कार्यालयका सूचना अधिकारीसमेत रहेका उपसचिव सापकोटाले भने । अस्पतालको फार्मेसीमा लाखौं मूल्यको म्याद नाघेका औषधि कसरी रह्यो ? र फार्मेसी सञ्चालन भएदेखि यताको हिसाबकिताब पारदर्शी किन भएन ? भन्ने विषयमा धेरैको चासो छ । जबकि म्याद गुज्रेका औषधि कम्पनीले नै फिर्ता लैजान्छ ।

नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रधानले अख्तियारको टोली आएर फार्मेसीको बारेमा बुझेर गएको जानकारी दिए । कार्यालयमा आएर काम शुरु के मात्रै गरेको थिएँ । ५ जना कार्यकक्षभित्र आउनुभयो । अख्तियारबाट आएको भनेर चिठ्ठी देखाउनुभयो । त्यसपछि फार्मेसी प्रमुख र कर्मचारीलाई बोलाउन भन्नुभयो । आवश्यक अनुसन्धान गर्नुको साथै केही कागजपत्र लिएर जानुभएको छ,’ उनले भने ।

अस्पतालभित्रै छानबिन

निमित्त सुपरिटेन्डेन्ट डा. प्रधानले फार्मेसीमा भएको अनियमितताका बारेमा अस्पतालले आन्तरिक रुपमा पनि छानबिन गरेको बताए ।

असार २४ गते फार्मेसीबारे समाचार सार्वजनिक भएपछि असार २५ गते नै बैठक राखेर अस्पताल प्रशासनले सरोकारवाला फाँटसँग फार्मेसीको विषयमा प्रतिवेदन माग गरेको उनको भनाइ छ । लेखा र स्टोर शाखाका प्रतिनिधि, फार्मेसी प्रमुख हरेन्द्र यादव र मेट्रोन समेत कमिटी बनाएका थियौं, के भएको हो ? भनेर प्रतिवेदन बुझाउन ७ दिनको समय दिएका थियौं,’ उनले भने, ‘आजै प्रतिवेदनको ड्राफ्ट मकहाँ आएको थियो, ५ मिनेटपछि नै अख्तियार आएर प्रतिवेदन लियो । मैले राम्रोसँग अध्ययन गर्न समेत पाइनँ ।’

फार्मेसीले बिमा कार्यक्रममा आवद्ध विरामीलाई दिएको औषधिको दाबी ७ दिनभित्र गरिसक्नुपर्ने प्रावधान भए पनि नगरेको पाइएको प्रधानले बताए ।नगदमा औषधि बेचेको भए त्यो रकम त्यही दिन वा भोलिपल्ट बैंक दाखिला हुनुपर्छ, चालु आर्थिक वर्षको साउनमा १ गतेदेखि २३ गतेसम्मको दाबी नै नगरेका रहेछन्,’ उनले भने ।

१० लाख निकासा गरेर पुनः सञ्चालन गरिएको थियो फार्मेसी

निमित्त मेसु प्रधानले फार्मेसीको बारेमा धेरै गुनासो आएपछि १० लाख रुपैयाँ निकासा फार्मेसी सेवा पुनः सञ्चालन गरिएको पनि बताए । बिमितले औषधि पाएनन्, गरिबले सस्तोमा औषधि सस्तोमा किन्न पाएनन् भन्ने गुनासो दैनिक रुपमा आइरहेको थियो, पछिल्लो पटक मैले आफ्नै रोहबरमा १० लाख रुपैयाँ निकासा गरेको हुँ,’ उनले भने, ‘१० लाख रुपैयाँ निकासा गरेपछि बजारबाट ३०/४० लाख रुपैयाँको औषधि ल्याउन सकिन्छ । २४ गतेदेखि नियमित रुपमा फार्मेसीबाट कारोबारको डाटा इन्ट्रीसमेत भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४