Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अष्ट्रेलियामा कोरोना महामारी ‘नयाँ चरणमा’


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार १४ २०७८
  • 3.8K
    SHARES

काठमाडौं । अष्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा कोरोना भाइरस (कोभिड-१९) को डेल्टा भेरियन्टबाट संक्रमित हुनेको संख्या १२८ पुगेको छ । पहिलो पटक भारतमा फेला परेको डेल्टा भेरियन्ट कोरोनाको निकै संक्रामक रुप मानिएको छ । त्यस्तै अष्ट्रेलियाको नर्थन टेरिटोरी, क्विन्सल्याण्ड र वेस्टर्न अष्ट्रेलियामा पनि सानो संख्यामा कोरोनाका नयाँ संक्रमित फेला परेका छन् ।

अष्ट्रेलियाको विभिन्न स्थानहरुमा एकैपटक कोरोना संक्रमण देखिएको यो पहिलोपटक हो । मुलुकभर कोरोनाका संक्रमित देखिन थालेसँगै अष्ट्रेलियाका विभिन्न क्षेत्रका प्रमुखले सोमबार प्रधानमन्त्री स्कट मौरिसनसँग आपतकालीन बैठक बस्दैछन् । अष्ट्रेलियाका अर्थमन्त्री जोस फ्राइडेनबर्गले अहिले अष्ट्रेलिया संकटको समयमा रहेको बताएका छन् ।

कोरोनाको संकट बढेसँगै अहिले अष्ट्रेलियाका केही राज्यले सीमा बन्द गरेका छन् र संक्रमण नियन्त्रणका लागि जनस्वास्थ्यका नयाँ मापदण्डहरु ल्याएका छन् । ‘मलाई लाग्छ कि हामीहरु निकै संक्रामक डेल्टा संक्रमणसँगै यो महामारीको नयाँ चरणमा प्रवेश गरिरहेका छौं’, फ्राइडेनबर्गले भने ।

अहिले अष्ट्रेलियाको सिड्नीमा सबैभन्दा धेरै कोरोना संक्रमण फैलिएको देखिएको छ । यो सहरमा संक्रमण फैलिएसँगै यसअघि नै लकडाउन लगाइसकिएको छ । न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरेजिक्लियनले सोमबार १९ नयाँ संक्रमित भेटिएको बताएकी छिन् । यो संख्या अघिल्लो दिनको तुलनामा भने कम हो ।

आइतबार नयाँ संक्रमितको संख्या ३० थियो । यो राज्यले कोरोना परीक्षण पनि व्यापक बनाएको छ । पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा ५९ हजारको कोरोना परीक्षण गरिएको थियो ।

एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४