Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

झापाका ९५ प्रतिशत संक्रमित घरमै, होम आइसोलेसनमै जान्छ ज्यान


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार १२ २०७८
  • 2.9K
    SHARES

झापा । दमक नगरपालिका-१० का ६५ वर्षीय व्यक्तिलाई २६ जेठमा कोरोना भाइरसको संक्रमण देखियो । सामान्य लक्षण त थिए, तर उनी अस्पताल गएनन् । होम आइसोलेसनमै बसिरहेका बेला उनलाई फोक्सो सम्बन्धी समस्याले च्याप्दै गयो।

वडा सदस्य बोधराज न्यौपाने भन्छन्, ‘उहाँले मदिरा पनि सेवन गर्नुहुन्थ्यो, समस्या भएपछि पनि अस्पताल जानु भएनछ ।’ आइसोलेसनमै बसेका बेला आइतबार उनको मृत्यु भयो ।

भद्रपुर नगरपालिका-८ मा ८४ वर्षीया वृद्धको पनि होम आइसोलेसनमै बसेका बेला २ असारमा मृत्यु भयो । वडाध्यक्ष चन्द्रकला तिम्सिना भन्छिन्, ‘संक्रमण पुष्टि भएपछि घरमै बस्नु भएको थियो, अस्पताल जान नपाइ मृत्यु भयो ।’ उनको श्वासप्रश्वासमा पनि समस्या देखिएको थियो ।

बाह्रदशी-५ मा पनि ७६ वर्षीया महिलाले ५ असारमा होम आइसोलेसनमा बसेकै बेला ज्यान गुमाउनुपर्यो । कचनकवल गाउँपालिकाका ४० वषर्ीया व्यक्तिले पनि घरमै ज्यान गमाए ।

यी केही प्रतिनिधि घटना मात्र हुन्, झापामा होम-आइसोलेसनमा बसेका संक्रमितमध्ये दैनिकजसो एक जनाको मृत्यु हुने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय, झापाको तथ्याङ्कले देखाउँछ ।

जिल्ला जनस्वास्थ्य कार्यालय, झापाका निमित्त प्रमुख ईश्वरप्रसाद पौडेल भन्छन्, ‘खासमा यो संक्रमितको लापरबाही हो, अस्पताल नगएकै कारण मृत्यु भइरहेको छ ।’ हाल जिल्लामा मृत्यु दर नघट्नुको कारण पनि होम आइसोलेसनमा बसेका विरामीको लापरबाही भएको उनी बताउँछन् । झापा जिल्लामा दोस्रो लहरको संक्रमणमा हालसम्म २०९ जनाको मृत्यु भइसकेको छ ।

उनका अनुसार गाउँमा कतिपय आइसोलेसनमा बस्नुपर्छ भनेर परीक्षण गराउनै जाँदैनन् । पोजेटिभ देखिए पनि घरमै बस्छन्, अफ्ठ्यारो नहुञ्जेल चिकित्सकको परामर्श लिँदैनन् । त्यसले समस्या सिर्जना गराएको उनी बताउँछन् ।

  • संक्रमितमध्ये ९५ प्रतिशत घरमै

जिल्ला जनस्वास्थ्य कार्यलयका कोभिड फोकल पर्सन जीवन चौलागाईंका अनुसार जिल्लामा हाल २ हजार २०७ जना संक्रिय संक्रमित छन् । तीमध्ये ११० जना मात्रै अस्पतालमा छन्, २ हजार ९७ जना होम आइसोलेसनमै छन् ।

सरकारले पनि लक्षण भएकालाई मात्र अस्पताल भर्ना गराउने नीति लिएको छ । जिल्लामा घरमै बसेका मध्ये पनि अधिकांशलाई कोरोना भाइरसका लक्षण छन् । तर कमैले मात्र स्वास्थ्यकर्मीसँग परामर्श लिने गरेको अधिकारीहरु बताउँछन् ।

‘लक्षण देखिनेवित्तिकै जचाएर सतर्कता अपनाउनुपर्ने हो’ चौलागाईं भन्छन्, ‘यसमा लापरबाही गर्दा होम आइसोलेसनमै धेरैको मृत्यु भइरहेको छ ।’ कार्यालयका निमित्त प्रमुख पौडेल चाहिँ कतिपय संक्रमित कोभिड-१९ भाइरसको संक्रमणलाई सामान्य सोचेर पनि अस्पताल नगइ बस्ने गरेको बताउँछन् ।

चिकित्सकहरुका अनुसार होम आइसोलेसनमा बस्नका लागि पर्याप्त प्रकाश आउने र हावा खेल्ने कोठा, छुट्टै शौचालय हुनुपर्ने जस्ता १४ वटा मापदण्ड तोकिएका छन् ।
स्थानीय तहका नर्स वा प्यारामेडिक्सले दैनिक कम्तिमा दुई पटक फोन वा एसएमएसबाट होम आइसोलेसनमा बसेका संक्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुपर्ने पनि भनिएको छ।

होम आइसोलेसनमा बसेका एकजना संक्रमितको अनुगमन गरेवापत स्वास्थ्यकर्मीहरुलाई २०० रुपैयाँ भत्तासमेत तोकिएको छ । यद्यपि, मापदण्डमा भएका कुनै विषय कार्यान्वयनमा आएका छैनन् ।

  • भाइरस सर्ने खतरा पनि

संक्रामक रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाका अनुसार होम आइसोलेसनमा बस्ने व्यक्तिले उचित सतर्कता अपनाउन नसके अरुलाई भाइरस सर्ने सम्भावना पनि उत्तिकै हुन्छ ।

होम आइसोलेसनमा बसेकाहरुलाई कुनैबेला स्वास्थ्यमा समस्या आइहाल्यो भने अस्पतालसम्म पुर्याउन सहज संयन्त्रको अभाव रहेको चिकित्सकहरु बताउँछन् । बास्तोला भन्छन्, ‘समयमा अस्पताल पुर्याउन नसक्नु नै होम आइसोलेसनमा बस्नेको मृत्यु हुनुको कारण हो ।’

उनका अनुसार कोरोनाको संक्रमणलाई सामान्य ठान्नेको जमात पनि उत्तिकै छ । उनीहरुलाई उचित परामर्श दिन नसकिएको उनी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४