Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अक्सिजनको अभावले निम्त्यायो संकट, १० अस्पतालले उपचार गर्न नसक्ने भन्दै हात उठाए


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २९ २०७८
  • 12.6K
    SHARES

काठमाडौं, । कोरोना संक्रमितहरुको उपचारमा अत्यावश्यक अक्सिजनको चरम अभावले देशभर स्वास्थ्य संकट निम्त्याएको छ ।देशै भरका अस्पतालहरुमा अक्सिजन अभाव हुन थालेपछि निजी अस्पतालले थप विरामीको उपचार गर्न नसक्ने भन्दै धमाधम हात उठाउन थालेका छन् ।

बुधबारसम्म १० वटा निजी अस्पतालले अक्सिजनको अभाव देखाउदै थप विरामी उपचार गर्न नसक्ने भन्दै हात उठाई सकेका छन् ।केही ठुला निजी अस्पतालले उपचार गर्न समस्या भईरहेको भन्दै कुनै पनि वेला सेवा वन्द गर्नु पर्ने अवस्था आउनसक्ने जनाउन दिन थालेका छन् ।

निजी अस्पतालहरुले उपचारमा हात उठाउन थाले पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ सय शैया भन्दा माथिका निजी तथा सामुदायिक अस्पतालहरुलाई १५ दिन भित्र आफनै अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आफनै अक्सिजन प्लान्ट जडान गर्नु पर्ने र त्यसको सहजिकरण स्वास्थ्य मन्त्रालयले गर्ने निर्णय भएको बताउनुभयो ।

मन्त्रालयले दिनहु १५ हजार सिलिण्डर आवश्यक पर्नेमा झन्डै १० हजार सिलिण्डरको मात्र व्यवस्था भएका कारण समस्या आएको जनाएको छ ।स्वास्थ्य सचिव लक्ष्मण अर्यालले अब अक्सिजनको उत्पादन नबढाए झनै समस्या हुने बताउनुभयो ।

मन्त्रालयले आँकलन गरेको भन्दा धेरै संक्रमित थपिएका कारण उच्च रुपमा तयारी बढाउन नसकेको भन्दै सचिव अर्यालले असार मसान्तसम्म ५ लाख ६६ हजार सिलिन्डर आवश्यक पर्ने देखिएको बताउनुभयो ।स्वास्थ्य मन्त्रालयले अक्सिजनको आपुर्तीका लागि विश्व वैंक र युनिसेफसँग छलफल गरेको जनाए पनि अक्सिजनको ब्यवस्था कहिले होला भन्ने टुङ्गो छैन् ।चीन सरकारले दिएको २० हजार सिलिण्डर मध्ये ४ सय सिलिण्डर मात्र नेपाल आएको छ ।

यस अघि अक्सिजन उत्पादनको समस्या होइन भन्दै हिडेको स्वास्थ्य मन्त्रालय अहिले सिलिण्डर समस्या होईन अक्सिजन उत्पादन गर्न सकिएन भन्न थालेको छ ।देशभर अक्सिजन सहितका शैयाको अभाव छ । संक्रमितले उपचार पाईरहेका छैनन् ।

तर स्वास्थ्य मन्त्रालय १५ सय ५५ एचडियु सञ्चालमा ल्याएको र ४ सय आइसियू थप गर्ने तयारी गरेको जस्तो फितलो जवाफ दिईरहेको छ ।अक्सिजन र शैयाको अभावमा संक्रमितले ज्यान गुमाउनु परेको अवस्थामा गम्भिर निर्णय नलिने तर छलफल र पहल गरिरहेका छौँ भनेर बसिरहने हो भने अवस्था झन भयावह हुने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४