Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निजी अस्पतालहरुले भने, ‘सरकारको सिफारिसबिना अक्सिजन नपाए संक्रमित भर्ना गर्न सक्दैनौँ’


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख २६ २०७८
  • 2.7K
    SHARES

काठमाडौं । स्वास्थ्य मन्त्रालयले आफ्नो सिफारिसबिना कुनै पनि प्रकारका अस्पतालहरुलाई अक्सिजन विक्री नगर्न अक्सिजन उत्पादक कम्पनीहरुलाई निर्देशन दिएपछि निजी अस्पतालहरु असन्तुष्ट बनेका छन् ।

सरकारको यो निर्णय प्रति उनीहरुले आपत्ति जनाउदै निर्णय कार्यान्वयन भए हरेक अस्पतालमा अक्सिजनको गडबढी हुने दावी निजी अस्पतालहरुको छ ।

सरकारको सो निर्णय अनुसार चल्नु पर्ने अवस्था आए चाहेर पनि निजी अस्पतालहरुले कोरोना संक्रमितहरुलाई भर्ना गर्न असमर्थ हुने एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन नेपाल (अफिन)ले जनाएको छ ।

कसैको सहयोगबिना आफ्नै बलबुताले कोरोना संक्रमितहरुको उपचार गरिरहेको निजी अस्पतालहरुलाई सरकारको उक्त निर्णयले बाँधा हुने उसको भनाइ छ । अस्पताल भर्ना भएका ८० प्रतिशत कोरोना संक्रमितहरुलाई अक्सिजन दिनु पर्ने अवस्थ रहेको बताउदै सरकारको निर्णयले आफूहरु अचम्मित भएको एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन नेपाल (अफिन)का महासचिव हेमराज दाहालले बताउनुभयो ।

केन्द्र सरकारको यो निर्णयले निजी अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितहरुलाई समस्या आउने चेतावनीसमेत दिनु भएको छ । जिल्ला प्रशासन कार्यलयहरुले कोरोना महामारीसँग लड्न निजी अस्पतालहरुसँग सहकार्य गर्न भनिरहेको र भइरहेको अवस्थामा स्वास्थ्य मन्त्रालयले उक्त निर्णय गर्दा आफूहरु अचम्मित भएको महासचिज दाहालले बताउनु भयो ।

उक्त निर्णयले नागरिकको स्वास्थ्यका लागि राज्यसँग हातेमालो गरिरहेको जिनी क्षेत्रलाई निरुत्साहित गरेको दाहलले बताउनुभयो ।

स्वास्थ्यमन्त्रालयले आफ्नो सिफारिसबिना अक्सिजन नदिने निर्देश गर्नु भनेको सरकार नागरिकको उपचार गर्नुपर्ने जिम्मेवारीबाट पन्छिन लागेको जस्तो देखिने पनि आरोप निजी अस्पतालहरुको छ । विगतमा वार्षिक सम्झौता गरी सम्बन्धित अस्पतालमा नियमित रुपमा आपूर्ति गर्ने प्रतिबद्धता गर्दै अक्सिजन दिलाइ रहेको सरकारले अक्सिजन कम्पनीहरुलाई मन्त्रालयको पत्र बिना अक्सिन दिन नसकिने भनेर निर्णय गर्नु आश्चार्य भएको निजी अस्पतालहरुको भनाइ छ ।

सरकारी अस्पतालहरुमा शैया नभएको र शैया भएका निजी अस्पतालहरुमा सरकारको यो निर्णयले अक्सिजन नहुने निजी अस्पतालहरुको भनाइ छ । यो अवस्थामा कोरोना संक्रमितहरुको उपचारमा निजी अस्पतालहरुले हातेमालो गर्न नसक्ने उनीहरुको भनाइ छ ।

सरकारको उक्त निर्णय अव्यवहारिक भएको निजी अस्पतालहरुको दावी छ । सँधै दिइरहेको अस्पतालहरुलाई अक्सिजन उत्पादक कम्पनीहरुले अहिले अक्सिजन नदिँदा कोरोना संक्रमितको उपचारमा समस्या भइरहेको उनीहरुको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै आफ्नो सिफारिसबिना कुनै पनि सरकारी, सामुदायिक र निजी अस्पतालहरुलाई अक्सिजन सिलिण्डर भरेर बिक्री वितरण नगर्न अक्सिजन उत्पादन सम्बन्धी व्यवसाय गर्दै आएका कम्पनीहरुलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४