Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कैलालीमा एकै दिन ९ जना संक्रमितको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख २५ २०७८
  • 10.8K
    SHARES

धनगढी । कैलालीमा पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पताल र निजी अस्पतालमा उपचाररत समेत गरेर २४ घण्टामा ९ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले धनगढी उपमहानगरपालिकाका ५ जना, बर्दगोरिया गाउँपालिकाका २ जना, लम्कीचुहा नगरपालिकाका १ जना, कञ्चनपुरको पुनर्वास नगरपालिकाका १ जनाको मृत्यु भएको जानकारी दिए ।

धनगढी उपमहानगरपालिका– १ का ५० वर्षीय पुरुष, वडा नम्बर ३ का ६१ वर्षीय पुरुष, वडा नम्बर ४ का ८१ वर्षीय पुरुष, वडा नम्बर ५ का ४३ वर्षीय पुरुष र वडा नम्बर १२ की ५० वर्षीया महिलाको मृत्यु भएको जोशीले बताए ।

यस्तै बर्दगोरिया गाउँपालिका–२ का ५७ वर्षीय पुरुष र ६ का ६१ वर्षीय पुरुष, लम्कीचुहा नगरपालिका–६ का ४२ वर्षीय पुरुष र कञ्चनपुरको पुनर्वास नगरपालिका–११ का ८६ वर्षीय पुरुषको मृत्यु भएको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४