काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण थप जनाको १२ मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरबाट १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१२ हजार ४ सय जनामा पीसीआर परीक्षण गरिएकोमा ३४ सय ४२ जनामा संक्रमण देखिएको छ । भने ८९३ जनाको एन्टिजेन परीक्षण गर्दा ११४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर अहिलेसम्म संक्रमितको संख्या ३ लाख ३ हजार ५ सय ६१ पुगेको छ ।
सोही अवधिमा ३ सय ७८ जना बिरामी निको भएसँगै कुल डिस्चार्ज हुनेको संख्या २ लाख ७७ हजार ९ सय ५१ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ४ सय ३४ रहेको छ । जसमध्ये २ सय ६८ जना आईसीयू र ७८ जना भेन्टिलेटरमा छन् ।

यसैगरी कास्कीमा ६२, झापामा ४३, सुनसरीमा ४२, कञ्चनपुरमा ४१, पाल्पामा ३४, मकवानपुर र बैतडीमा ३२/३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।