नेपालगञ्ज । भारतको उच्च जोखिम ठाउँबाट आएका १२४ जनामा एन्टिजेन परीक्षण गरिएकामा १० जनामा सङ्क्रमण देखिएको कक्षका ल्याब टेक्निसियन ज्ञवालीले बताउनुभयो ।
महाराष्ट्रबाट आएका व्यक्तिमा धेरै सङ्क्रमित भेटिएका छन् । उहाँका अनुसार सङ्क्रमणको लक्षण, शङ्का र ज्वरो आएपछि नमूना सङ्कलन गर्दा सङ्क्रमित देखिएको हो ।
सङ्क्रमितमध्ये लक्षण भएकालाई भेरी अस्पताल र लक्षण नभएकालाई सम्बन्धित जिल्लामा जिल्ला प्रशासन कार्यालय र स्थानीय तहको समन्वयमा घर पठाइने गरिएको छ ।
कक्षका ल्याब टेक्निसियन ज्ञवालीका अनुसार अहिले सबैभन्दा बढी भारतको महाराष्ट्रको मुम्बई, गुजरातबाट धेरै नेपाली स्वदेश फर्किरहेका छन् ।