Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘इम्यूनिटी पावर’ बढाउने ९ तत्व


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २ २०७७
  • 9.4K
    SHARES

काठमाडौं । रोगप्रतिरोधात्मक क्षमता (इम्यूनिटी) बढाउनको लागि सही खानपानको आवश्यकता पर्दछ । कमजोर इम्यूनिटी भएका व्यत्तिहरुलाई चिसो, ज्वोरो, भाइरल इन्फेकशन वा फ्लूको समस्याले छुन सक्छ ।

त्यसैले शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउनको लागि खानपिनमा विशेष ध्यान दिनु जरुरी हुन्छ । रोगप्रतिरोधात्मक क्षमता बढाउनको लागि खानुस् यी खानेकुरा जसको प्रयोगले तपाईको इम्यूनिटी पाओर बढाउन मदत गर्छ ।

१. स्ट्रिस फल : अमिलो फलमा भिटामिन सी धेरै मात्रामा पाइन्छ । भिटामिन सी ले रक्त कोशिका उत्पादन बढाउनको लागि महत्वपूर्ण मानिन्छ । जुन शरीरको इन्फेक्सनसँग लड्न मदत गर्दछ । स्ट्रिस फ्रूट्समा अंगुर, सुन्तला, किमु, निबुवा , कागती लगायत पर्दछन् । यस्ता फल सेवन गर्नाले सधैं ७५ मिलिग्राम महिलाको लागि तथा ९० मिलिग्राम भिटामिन ‘सी’ प्राप्त गर्न सकिन्छन् ।

२. रातो भेडे खुर्सानी : अमिलो फलको तुलनामा रातो भेडे खुर्सानीमा तीन गुना भिटामिन ‘सी’ पाइन्छ । यसमा भिटा क्यारोटीन प्रचुर मात्रामा पाइन्छ । इम्यून सिस्टम बलियो बनाउनुको साथै भिटामिन ‘सी’ अनुहारलाई पनि स्वस्थ राख्न पनि मदत गर्दछ । भिटा क्यारोटीनले आँखालाई पनि स्वस्थ राख्न मदत गर्दछ ।

३. ब्रोकाउली : ब्रोकाउली मा भिटामिन ‘ए’ , ‘सी’ र ‘इ’ , फाइबर त्यस्तै धेरै एंटीअक्सिडेंट पाइन्छ । ब्रोकाउली फाएदाजनक तरकारीमध्य एक हो । यसलाई उमालेर वा कम पकाएर खादा झनै राम्रो मानिन्छ । ताकी यसको पौष्टिक तत्व नष्ट हुन पाउदैन ।

४. लसुन : लसुन संसारभर हरेक परिकारमा पाउन सकिन्छ । यसमा जिंकको मात्रा प्रचुर मात्रामा पाइने भएकाले यसले इनफेक्सनबाट लड्न मर्दत गर्दछ । साथै ब्लड प्रेसरलाई पनि नियन्त्रण गर्छ । लसुनमा सल्फरयुक्त एलिनसिन नामक यौगिक पाइन्छ । जसले इम्यून सिस्टमलाई बलियो बनाउन मदत गर्छ ।

५. अदुवा : अदुवामा एंटी इंफ्लेमेन्टर तथा एंटी भायरल गुण प्राप्त गर्न सकिन्छ । जसले घाटीको खसखस र दुखाई कम गर्न मर्दत गर्छ । अदुवा चिसो, ज्वोरोलाई ठिक गर्ने अचुक औषधी मानिन्छ । यसमा क्यालेस्ट्रोललाई नियन्त्रण गर्न शक्ति पाइन्छ ।

६. बदाम : बदाममा भिटामिन इ पाइन्छ । दैनिक आधा कप बदाम भिटामीन ‘इ’ को कमीलाई पुरा गर्दछ ।

७. ग्रीन टी र ब्ल्याक टी : ग्रीन टी र ब्ल्याक टी दुबैमा प्रचुर मात्रामा एंटीअक्सिडेन्ट पाइन्छ । ग्रीन टी मा एलथीयानी पाइन्छ । जसले रोगसँग लड्न मदत गर्छ ।

८. बेसार : बेसार हर घरमा पाइने मसला हो । बेसारमा एंटी इंप्लेमेटरी , एंटी भायरल आदि गुण पाइन्छ । त्यसैले वषौंदेखि अस्टिअर्थराइटिसको उपचारका लागि उपयोग गरिरहेको पाइन्छ । त्यसैगरि बेसारले रोगप्रतिरोधात्मक क्षमता बलियो बनाउन मदत गर्छ ।

९. पालक : पालकमा भिटामिन सी मात्र होइन एन्टीअक्सिडेन्ट र भिटा क्यारोटीन पनि पाइन्छ । जसले हाम्रो रोगप्रतिरोधात्मक क्षमता बढाउनुका साथै रोगसँग लड्न पनि मदत गर्छ । ब्रोकाउली जस्तै पालक पनि उतिकै स्वास्थ्यका लागि उतिकै फाइदाजनक मानिन्छ । पौष्टिक तत्वलाई बचाई राख्न धेरै पकाउनु भने हुदैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४