Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रविका वकिलको जवाफी बहस, निष्कर्षमा पुग्ने तयारी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ १० २०८२
  • 1K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशीले दायर गर्नुभएको रिट निवेदनमाथिको सुनुवाइ आज शुक्रबार पनि सर्वोच्च अदालतमा जारी रहने भएको छ । बिहीबार बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको उक्त निवेदनमाथि आज पुनः सुनुवाइ हुन लागेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा मंगलबारदेखि सुरु भएको यो सुनुवाइ लगातार ‘हेर्दाहेर्दै’ मा पर्दै आएको छ । बुधबार संवैधानिक इजलासका कारण पेसी स्थगित भएको थियो ।

मंगलबार सभापति लामिछानेको पक्षबाट १० जना कानुन व्यवसायीले बहस गरेका थिए । वरिष्ठ अधिवक्ता रमन श्रेष्ठको बहस नसकिएपछि बिहीबार पुनः सुनुवाइ भएको थियो । बिहीबार लामिछानेका वकिलहरूको बहस सकिएपछि सरकारी वकिलका तर्फबाट चार जनाले बहस गरेका थिए । अब जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ताहरू डा. सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठीसहित तीन जनाले बहस गर्ने जानकारी इजलासलाई गराइएको छ ।

आज जाहेरवालाको बहस सकिएपछि लामिछानेका कानुन व्यवसायीले जवाफी बहस गर्ने उहाँका कानुन व्यवसायी डा. नारायण कँडेलले जानकारी दिए । उनका चिया समयअघि नै सम्पूर्ण बहस सकिने र आजै आदेश आउन सक्ने अपेक्षा छ । सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने र जोशीकोतर्फबाट गैरकानूनी थुनामा राखिएको भन्दै रिट दायर भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४