Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अब बसेकै ठाउँबाट स्वास्थ्य बीमा सुविधा लिन सकिने, रेफरको झन्झट अन्त्य


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख १८ २०८२
  • 4K
    SHARES

काठमाडौं । अब स्वास्थ्य बीमामा आबद्ध नागरिकले बीमा गरिएको स्थानमा फर्कनु नपरी बसेकै स्थानबाटै प्रथम सेवा बिन्दु कायम गरेर सेवा लिन सक्ने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बीमा नियमावली संशोधन गरी यो व्यवस्था पारित गरेको हो ।

यसअघि, बीमा गराइएको ठाउँबाट अन्यत्र गएका नागरिकलाई स्वास्थ्य सेवा लिन पुनः बीमा गरिएको स्थानमै जानुपर्ने बाध्यता थियो । अब भने स्थायी बसोबास स्थानमा नै स्वास्थ्य सेवा सुरु गर्न सकिनेछ, जसले रेफरल प्रणालीमा रहेको झन्झट हटाउने विश्वास गरिएको छ ।

मन्त्री पौडेलले नागरिकको मागअनुसार स्वास्थ्य बीमालाई व्यवहारिक, सहज र पहुँचयोग्य बनाउने उद्देश्यले यो संशोधन प्रस्ताव अघि सारेका थिए । बुधबारको मन्त्रिपरिषद् बैठकले उक्त प्रस्तावलाई सर्वसम्मत रूपमा स्वीकृत गरेको उनको सचिवालयले जनाएको छ ।

नयाँ संशोधनसँगै स्वास्थ्य बीमाको सेवा लिन अब तीन महिना पर्खनु पर्ने बाध्यता हट्नेछ । अब बीमा गरेपछि एक महिनाभित्रै सेवा लिन सकिने व्यवस्था मिलाइएको छ । यसले स्वास्थ्य बीमामा आम नागरिकको पहुँचलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।

स्वास्थ्य बीमा कार्यक्रम देशभर फैलिसकेको भए पनि प्रथम सेवा बिन्दु सबै तहमा उपलब्ध थिएनन् । अब नियमावलीमा भएको संशोधन अनुसार स्थानीय, प्रदेश र संघीय तह सबैमा पहिलो सेवा बिन्दु व्यवस्था गरिनेछ। यसले नागरिकले नजिकैको स्वास्थ्य संस्था मार्फतै बीमा सेवा उपयोग गर्न सक्ने सुनिश्चित गर्नेछ ।

मन्त्री पौडेलले भने, ‘स्वास्थ्य बीमालाई सर्वसुलभ र कार्यान्वयनमैत्री बनाउन नियमावली संशोधन अपरिहार्य थियो । यसले नागरिकलाई समयमै सेवा लिन, फिर्ता जानुपर्ने बाध्यता हटाउन र प्राथमिक उपचार सहज बनाउन सहयोग गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४