Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रेस सेन्टरमा पहिलो पटक निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन !


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र १७ २०८१
  • 2.2K
    SHARES

काठमाडौं । प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी दीपेन्द्र रावललाई १९१ मतान्तरले पछि पार्दै नेतृत्व हासिल गरेका हुन् । गिरीले ३६६ मत प्राप्त गर्दा रावलले १७५ मतमा सीमित रहे । गिरी यसअघि संगठनको वरिष्ठ उपाध्यक्ष थिए भने रावल उपाध्यक्ष पदमा थिए ।

वरिष्ठ उपाध्यक्ष पदमा सुरेशचन्द्र अधिकारी निर्वाचित भएका छन् । उनले ३९७ मत प्राप्त गर्दै प्रतिस्पर्धी सुदिप बर्देवालाई २८६ मतान्तरले पराजित गरे । अधिकारी यसअघि उपाध्यक्षका रूपमा कार्यरत थिए भने बर्देवा केन्द्रीय सदस्य मात्रै थिए ।

संगठनको उपाध्यक्ष पदमा पाँच जना निर्विरोध निर्वाचित भएका छन् । खुला उपाध्यक्षमा रामसिंह ठगुन्ना, लक्ष्मण खड्का र विवेक गौतम, महिला उपाध्यक्षमा शान्ता अधिकारी तथा समावेशी उपाध्यक्षमा दीपक श्रेष्ठ चयन भएका छन् । यसअघि अधिकारी सचिव, श्रेष्ठ उपमहासचिव र अन्य तीन जना उपाध्यक्ष पदमै कार्यरत थिए ।

महासचिव पदमा मनोज घर्तीमगर निर्वाचित भएका छन् । उनले ३७९ मत प्राप्त गर्दै प्रतिस्पर्धी दीपेन्द्र शर्मालाई २३१ मतान्तरले पराजित गरे। उपमहासचिव खुला तर्फ ज्ञानप्रसाद पौडेल ९ मतको झिनो अन्तरले विजयी भए । महिला उपमहासचिव लक्ष्मी आचार्य, दलित उपमहासचिव हरिश बिक, मधेशी उपमहासचिव अनिल मिश्र तथा आदिवासी जनजाति उपमहासचिव बुद्ध लोप्चन निर्विरोध निर्वाचित भएका छन् ।

सचिव पदमा सुरेन्द्र चालिसे र सन्तोष देउजा निर्वाचित भएका छन् भने महिला सचिवमा अञ्जली थापा तथा समावेशी सचिवमा अवतार राई विजयी भए । प्रदेश सचिव पदमा विभिन्न प्रदेशका प्रतिनिधिहरू निर्वाचित भएका छन् । कोशी प्रदेशबाट दीपेन्द्रकुमार राई, मधेश प्रदेशबाट सुनिता बराल, बागमती प्रदेशबाट मीनकुमार दाहाल, गण्डकी प्रदेशबाट दीपक भट्टराई, लुम्बिनी प्रदेशबाट मानसिंह बिक, कर्णाली प्रदेशबाट गाणेशकञ्चन भारती, सुदूरपश्चिम प्रदेशबाट राजेन्द्र अवस्थी निर्विरोध निर्वाचित भए । त्यस्तै उपत्यका प्रदेशबाट नवराज दाहाल, प्रतिष्ठान प्रदेशबाट केशव भुल तथा एसोसियट प्रदेशबाट नन्दलाल तिवारी निर्विरोध चयन भए ।

कोषाध्यक्ष पदमा वसन्त गिरी विजयी भएका छन्। उनले ३३५ मत प्राप्त गर्दै प्रतिस्पर्धी डा. डक्टप्रसाद धिताललाई १४८ मतान्तरले पराजित गरे । प्रदेशबाट चयन हुने केन्द्रीय सदस्यहरू, आरक्षणबाट प्रतिनिधित्व गर्ने सदस्यहरू तथा विभिन्न आयोगका पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका संयोजक गोविन्द आचार्यका अनुसार २९ पदाधिकारीहरूमध्ये अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवसहित १२ पदमा प्रतिस्पर्धा भएको थियो भने १७ पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी, लेखा समिति संयोजकमा अमृतराज तिवारी तथा सचिवमा भीम राई निर्विरोध निर्वाचित भए । अनुशासन समितिको संयोजकमा गुनाराम घिमिरे तथा सचिवमा कृष्ण लेकाली चयन भएका छन् । प्रेस सेन्टर नेपालको पाँचौँ महाधिवेशन शनिबार पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेका थिए ।

यस पटक पहिलोपटक संगठनको नेतृत्व प्रतिस्पर्धात्मक निर्वाचन प्रक्रियाबाट चयन गरिएको हो । गिरी नेतृत्वको टिम हेडक्वार्टर (एचक्यू) का तर्फबाट प्रतिस्पर्धामा थियो भने जनार्दन शर्मा नेतृत्वको टिमबाट रावल प्रतिस्पर्धामा थिए । कुल ८२१ जना प्रतिनिधि रहेको यस निर्वाचनमा ५५१ मत खसेको थियो, जुन कुल मतदाता संख्याको ६७ प्रतिशत हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४