Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पद्मकन्यामा विद्रोह : नेविसंघलाई पाखा लगाउँदै सबै पदमा स्वतन्त्रको जित


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ७ २०८१
  • 6K
    SHARES

काठमाडौं । पद्मकन्या क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा ऐतिहासिक परिवर्तन आएको छ । प्रमुख राजनीतिक दलका भातृ संगठनहरूलाई पछार्दै स्वतन्त्र उम्मेदवारहरूले सबै पदमा विजय हासिल गरेका हुन् ।

निर्वाचन अधिकृत सहप्राडा. शैलेन्दुप्रकाश नेपालका अनुसार क्याम्पस अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार भुपेश्वरी ऐरले ७ सय ३० मत प्राप्त गरी जित दर्ता गरेकी छन् । उनकी प्रतिस्पर्धी नेपाल विद्यार्थी संघकी पूर्णिमाया परियारले ३ सय ७९ मत प्राप्त गरिन् ।

सचिव पदमा स्वतन्त्र उम्मेदवार सन्ध्या बस्याल ६ सय ९५ मतसहित विजयी भइन् भने प्रतिस्पर्धी नेविसंघकी विपना न्यौपानेले ३ सय ६१ मत पाइन् । कोषाध्यक्ष पदमा संकल्पिका थापाले ६ सय ६६ मत ल्याएर जित हासिल गरिन्, जहाँ नेविसंघकी चाँदनी शाह ४ सय५ मतमा सीमित रहिन् ।

सदस्य पदमा पनि स्वतन्त्र उम्मेदवारहरूको वर्चस्व रह्यो । उर्वशी पाण्डे, चेतना नहर्की, अस्मिता वि.क. स्वस्तिका विष्ट, आशु चौधरी, आकृति पाण्डे, निशा कार्की र यनसु कटवाल निर्वाचित भए । चैत ७ गते सम्पन्न चुनावको नतिजा आयोगले गएराति सार्वजनिक गरेको हो ।

यस पटकको स्ववियु चुनावमा नेपाल विद्यार्थी संघ (नेविसंघ) एक्लै चुनावी प्रतिस्पर्धामा थियो भने नेकपा एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र समर्थित अनेरास्ववियु क्रान्तिकारीले गठबन्धन गरेका थिए । चैत ५ गतेका लागि तय भएको निर्वाचन अनेरास्ववियु समर्थक विद्यार्थीहरूले अवरोध गरेपछि चैत ७ गते मात्र सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४