Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

म हारेको छैन : दुर्गा प्रसाई


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष ६ २०८१
  • 1.8K
    SHARES

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाई रिहा भएका छन् । उनी संगठित अपराध र आपराधिक लाभ लिन नहुने कसुर गरेको अभियोगमा केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोमा थिए । उनलाई छोरा निराजनको जिम्मा लगाएर छोडिएको सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए ।

प्रवक्ता बोगटीका अनुसार उनलाई आइतबार हाजिर जमानीका लागि बोलाइएको छ । त्यसपछि मात्रै उनलाई कति–कति दिनमा हाजिर गर्न आउनु पर्ने भन्नेबारे निर्णय हुने बताए । हिरासतमा रहेका प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनु भनी सर्वोच्चले बिहीबार आदेश गरेको थियो । त्यस बमोजिम नै उनलाई प्रहरीले शुक्रबार अदालतमा उपस्थित गराएको थियो ।

रिहा भएपछि प्रसाईं अदालतबाट आफूले न्याय पाएको बताएका छन् । उनले आफू सर्वहारा वर्गको बोली भएको पनि बताए । उनले तस्करहरूसँगको लडाइँ जारी रहने पनि बताए । ‘म हारेको छैन है । यो हारेको होइन नि फेरि । यो मैले जितेको हो, यो तपाईंहरूको जित हो’, गाडीमा सवार प्रसाईंले समर्थकहरूलाई भने ।

छिनछिनमा औषधि खाइरहनु पर्ने र पूर्ण आराम गर्नुपर्ने अवस्थाका क्यान्सरका रोगी आफ्ना बाबुलाई रिहा गरी पाऊँ भनी प्रसाईंका छोरा निराजनले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए । सोही निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले बिहीबार २४ घण्टाभित्र प्रसाईंलाई उपस्थित गराउन प्रहरीका नाममा आदेश जारी गरेको थियो ।

शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको इजलासले प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको हो ।यसअघि, साइबर अपराधको आरोपमा पक्राउ परेका प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । लगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई संगठित अपराधमा पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४