काठमाडौं । समाजमा रहेका समासामुहिक बिषय बस्तुमा आधारित नारी जीवनको कथालाई लिएर रुपकराज बिश्वले “बासुदेब” सिरियल बजारमा सार्वजनिक गरेकाछन् । उक्त सिरियल दर्शकको मन जित्दै “ए बि आर अफिसियल मिडिया” युटुब च्यानलबाट ५ भाग प्रशारण भइसकेको छ ।
रुपकराज बिश्वको लेख्न,निर्देशनमा बनेको सिरियलमा सागर गौतमले छायाँकन गरेकाछन् । उक्त सिरियलमा थुप्रै कलाकारहरुको अभिनय फरक,फरक तरिकाले आर्कषित रुपमा देख्न सकिन्छ । मेन क्यारेक्टरको भुमिकामा राजु सिंङ डेन्जर दादा र रुपकराज बिश्व रहेका छन् भने कलाकारहरु नारायण घिमिरे डेङ्गर दादा्, रुपका राज विश्व, एनबी , सरिता मगर कमला केसी, गंगा मैनाली गीतु मगरणी ,कमला घिमिरे, रिया घिमिरे लगायत कलाकारहरुको अभिनय शशक्त रुपमा देख्न सकिन्छ ।
नारीको कथालाई लियर निर्माण गरिएको “बासुदेब” सिरियल नेपाली समाजमा रहेका बिबिध पक्षहरुलाई समय र परिस्थिति अनुसार गम्भीर तथा शन्देस मुलक तरिकाले प्रस्तुत गर्दै जाने यसै सिरियलका निर्मता निर्देशक तथा कलाकार रुपकराज बिश्व बताउँछन् ।
समग्रमा यो सिरियल हेर्दा धेरै मेहनतका साथ कलाकारहरुको अभिनय र उत्तिकै मेहनती निर्देशक तथा कथा लेख्नको भुमिका देख्न पाइन्छ ।