Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अदालतमा विवाह गरेर वेश्यावृत्तिका लागि नेपालका युवतीकाे चीनमा तस्करी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ ८ २०८१
  • 1.2K
    SHARES

काठमाडौँ । नेपालमा विभिन्न आवरणमा रहेका चिनियाँ आपराधिक गिरोहको नयाँ अपराध बाहिर आएको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोले नेपाली युवतीको चीनमा तस्करी हुने गरेको खुलासा गरेको हो ।

ब्यूरोका अनुसार बबरमहल २६ लाई चिनियाँ नागरिकसँग अदालतमा बिवाह समेत गराएर उनको तस्करी भएको हो ।

गिरोहले चिनियाँसँग विवाह गरेमा ग्रिनकार्ड बनाउन मिल्छ, ग्रिनकार्ड बनेपछी नेपाल आउन जान मिल्छ, भविष्य सुनौलो हुन्छ भन्ने प्रलोभनमा पारेर उनको बेचबिखन भएको हो । उनलाई चीनमा बेश्यावृत्तीमा लगाएको, यौन तथा श्रम शोषण भएको ब्यूरोले जनाएको छ ।

यसका लागि गिरोहले बबरमहल २६ को चिनियाँसँग काठमाडौं जिल्ला अदालतमा विवाह समेत गराएका थिए । बबरमहल २६ को बेचबिखनमा संलग्न मनमाया घलेलाई ब्यूरोले पक्राउ गरेको छ । अनुसन्धान अधिकारीहरुका अनुसार पक्राउ परेकी आरोपी मनमायाले चिनियाँसँग विवाह गरेकी छन् । उनले आर्थिक अवस्था कमजोर भएकी बबरमहल २६ लाई फकाएर चीन तस्करी गरेको अनुसन्धानमा खुलेको छ ।

चीनमा सुखद जीवनको आशामा रहेकी बबरमहल २६ लाई मनमायासहित गिरोहका सदस्यले एकवर्ष अघि चीनमा लगेका थिए । अनुसन्धानमा मनमायाले बबरमहल २६ लाई पाँच लाख रुपैयाँमा बेचेको समेत खुलेको छ ।

ब्यूरोका प्रवक्ता एसपी गौतम मिश्रले यो पहिलो घटना नभएको बताए । उनले नेपालबाट युवतीहरु चीनमा श्रम शोषण, यौन शोषण, वेश्यावृत्ति र जोखिमपूर्ण कार्यका लागि विभिन्न प्रलोभनमा तस्करी हुने गरेको बताए ।

उनका अनुसार बबरमहल २६ ले चीनमा आफुमाथि भएको शोषणको जानकारी गराएपछि उनको सकुशल उद्दार गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४