Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देउवा दम्पत्तिविरुद्ध रेड कर्नर नोटिस जारी गर्ने प्रक्रिया सुरु !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र २५ २०८२
  • 1.3K
    SHARES

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत काठमाडौंले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा मंगलबार न्यायाधीश महेन्द्र खड्कीको इजलासले पक्राउ अनुमति दिएको हो ।

यससँगै देउवा दम्पत्तिलाई फरार सूचीमा राखिएको छ । उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान जारी रहेको छ ।

गृह स्रोतका अनुसार रेड कर्नर नोटिस जारी गर्ने तयारीस्वरूप पक्राउ पुर्जी जारी गरिएको हो । विदेशमा रहेका व्यक्तिलाई पक्राउ गरी नेपाल ल्याउन इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरिन्छ, जसको प्रारम्भिक प्रक्रिया पक्राउ पुर्जीबाट सुरु हुन्छ ।

सरकारले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र पुष्पकमल दाहालसहित देउवा, तथा पूर्वमन्त्रीहरू आरजु राणा देउवा र दीपक खड्काविरुद्ध पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा तानिएका देउवा दम्पत्ति हाल विदेशमा छन् । देउवा फागुन १३ मा सिंगापुर गएका थिए भने आरजु राणा देउवा त्यसअघि नै भारत हुँदै सिंगापुर पुगेकी थिइन् । त्यसपछि दुवै जना उपचारका लागि हङकङ गएर पुनः सिंगापुर फर्किएको बताइएको छ ।

जेनजी आन्दोलनपछिको सन्दर्भमा उनीहरू उपचारका लागि भन्दै विदेश गएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४