Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इलाम–२ मा भएको उपनिर्वाचनमा सुहाङ नेम्बाङ विजयी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १८ २०८१
  • 3.1K
    SHARES

काठमाडौं । इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा (एमाले) का सुहाङ नेम्वाङ प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ । नेपाली काँग्रेसका उम्मेदवार डम्बर खड्कालाई पराजित गर्दै २७ हजार ७ सय ७२ मतसहित प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको हो ।

दोस्रो स्थानमा रहेका खड्काले २१ हजार ९४२ मत प्राप्त गर्दा नेम्वाङले निकटतम प्रतिस्पर्धी कांग्रेसका खड्कालाई ५ हजार ८३० मतान्तरले पराजित गर्नुभएको हो ।

तेस्रो स्थानमा पहिचानवादी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाए भने चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ५ हजार ५० मत पाए ।

२०८० भदौ २६ गते एमालेका नेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि यो क्षेत्र खाली रहेको थियो । सोही रिक्तता पूर्ति गर्न वैशाख १५ मा उपनिर्वाचन भएको हो ।

गत शनिबार भएको उपनिर्वाचनमा १२ राजनैतिक दल, सात स्वतन्त्रसहित १९ जना उमेदवारले उपनिर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । सुवास नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङको जन्म २०४६ सालमा काठमाडौंमा भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४