Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख १२ २०८१
  • 2.7K
    SHARES

भिटामिन ईले मासंपेशी बलियो बनाउने, रगत पातलो बनाउने काम गर्छ । साथै यसले एन्टिअक्सिडेन्टका रुपमा पनि काम गर्छ । रोगप्रतिरोधक क्षमतालाई बलियो बनाउन र शरीरमा हुने विभिन्न एलर्जीबाट जोगाउन पनि यसको महत्वपूर्ण भूमिका हुन्छ । साथै रगतमा खराब कोलेस्टेरोल बढ्न नदिई राम्रो कोलस्टेरोललाई नियन्त्रणमा राख्न मद्दत गर्छ । त्यसैले मानव शरीरका लागि यो भिटामिन अत्यन्त आवश्यक छ ।

भिटामिन दुई प्रकारका हुन्छन्- पानी घुलनशील र बोसो घुलनशील । पानी घुलनशीलमा भिटामिन बी वान, भिटामिन बी कम्प्लेक्स र भिटामिन सी पर्छ । तर भिटामिन ई चाहिं बोसोमा घुलनशील भिटामिन हो । यो नियमित दैनिक खानपानमा समावेश गर्नुपर्छ ।

कति चाहिन्छ शरीरलाई ?

मान्छेअनुसार यसको आवश्यकता भिन्नाभिन्नै हुन्छ । यसको आवश्यकता उमेरमा भर पर्छ । नवजात शिशुदेखि किशोरावस्थासम्म दैनिक ४ मिलिग्रामदेखि ११ मिलिग्रामसम्म आवश्यक हुन्छ भने वयस्कलाई दैनिक १० देखि १५ मिलिग्राम भिटामिन आवश्यक हुन्छ । त्यस्तै गर्भवती महिलालाई दैनिक सामान्य व्यक्तिलाई भन्दा ५-६ मिलिग्राम बढी चाहिन्छ ।

औसतमा २० देखि ३० मिलिग्रामसम्म आवश्यक हुन्छ । त्यस्तै गर्भावस्था, स्तनपान गराउने महिला र बिरामीहरुमा यसको मात्रालाई बढाउन र कम गर्न सकिन्छ ।

 

केमा पाइन्छ ?

भिटामिन ई ड्राइफ्रुट्स, बदाम, ओखर, सूर्यमुखीको बीउ, सागपात, तोरी, जैतुन, तिल आदिबाट प्राप्त हुन्छ ।

भिटामिन ई अभाव भएमा के हुन्छ ?

शरीरमा भिटामिन ईको कमी भएमा आँखा कमजोर हुने, आँखा तिर्मिराउने, हिंड्दा खुट्टा लर्बराउने, शरीर कमजोर महसुस हुने, मासंपेशीहरु कमजोर हुने, शरीर हलचल गर्न गाह्रोजस्ता समस्या हुनसक्छ ।

कसरी परिपूर्ति गर्ने ?

भिटामिन ई खानपानबाट प्राप्त गर्न सकिन्छ । तोरीको तेल, बदाम, तिल, जैतुन आदिबाट यो भिटामिन प्राप्त हुनसक्छ । त्यसैले नियमितरुपमा खानामा तेल प्रयोग गर्नुपर्छ । तर कहिलेकाहीं भिटामिन ईको कमी भएमा परिपूरकका रुपमा खान सकिन्छ । तर चिकित्सकलाई जाँच गराएर मात्र खानुपर्ने हुन्छ, नत्र यसले फाइदाको सट्टा बेफाइदा गर्न सक्छ । भिटामिन ईको कमी दुर्लभ रुपमा मात्र हुन्छ । शरीरमा यसको अभाव एकदम न्यून भेटिन्छ ।

कसले खानुहुँदैन ?

पेटसम्बन्धी समस्या, मुटुको समस्या, रगतसम्बन्धी समस्या, कलेजोको समस्या भएका व्यक्तिलाई भिटामिन ई दिनुहुँदैन कि खानुहुँदैन । रगत पातलो गर्ने औषधि सेवन गरिरहेका व्यक्तिले यसले झन् स्वास्थ्यमा समस्या हुनसक्छ । किनभने रगत यसको अत्यधिक सेवनले रक्तस्रावको खतरा बढ्छ । त्यसैले गर्भवती महिलाले भिटामिन ईको सेवन कम गर्नुपर्छ । किनभने यसले गर्दा गर्भपतन हुने सम्भावना बढी हुन्छ ।

भिटामिन ईका फाइदा

भिटामिन ईले छालालाई स्वस्थ राख्न मद्दत गर्छ । भिटामिन ईले छालालाई सुक्खा, चाउरीपन र सूर्यको विकिरणबाट जोगाउँछ । साथै समयअगावै देखिने चाउरीपनको समस्याबाट टाढा राख्छ ।

भिटामिन ईले रातो रक्त कोषिकाको निर्माणमा सहयोग गर्छ । जसकारण मुटुरोगका जोखिम कम गराउँछ । त्यस्तै महिनावारीबाट हुने दुखाइबाट टाढा राख्न मद्दत गर्छ । स्ट्रोक अर्थात् मस्तिष्कघात र क्यान्सर जस्ता दीर्घकालीन रोगबाट जोगाउँछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४