Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भक्तपुर प्रहरीले भन्यो : प्रसाईंको सुरक्षार्थ घर वरिपरि खटिएका हौं


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर ८ २०८०
  • 6.7K
    SHARES

काठमाडौं । जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रमुख एसपी वेद विष्टले दुर्गा प्रसाईंको घर वरिपरि सुरक्षाका लागि मात्रै प्रहरी परिचालित भएको बताएका छन् ।

भक्तपुरमा पनि प्रसाईंको घर वरिपरि प्रहरीको बाक्लो उपस्थिति देखिएपछि कतिपयले प्रसाईंलाई नजरबन्दमा राखिएको टिप्पणी गरेका छन् । तर, भक्तपुर प्रहरी प्रमुख एसपी विष्ट भन्छन्, ‘प्रहरी हिजो पनि घर वरिपर बसेको थियो, आज पनि त्यही संख्यामा बसेको हो ।

राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नाममा बिहीबार शक्ति प्रदर्शन गरेका प्रसाईंले शुक्रबार तिनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेका थिए ।

तर, जिल्ला प्रशासन कार्यालय, काठमाडौंले प्रसाईंले तिनकुनेमा कार्यक्रम गर्न अनुमति नलिएको भन्दै विज्ञप्ति जारी गरेको छ । यसपछि प्रहरीले तिनकुने पुगेका राजावादी अभियन्ताहरुलाई धरपकड गरिरहेको छ ।

यहीबीच प्रसाईंको घरमा सुरक्षार्थ खटिएकालाई देखाएर गलत प्रचार भएको भन्दै विष्टले भने, ‘नजरबन्द गर्ने हो भने प्रमुख जिल्ला अधिकारी वा अरुले भन्ने होला, त्यसको वेग्लै व्यवस्था होला । तर, प्रहरी घर वरिपरि बस्नु भनेको नजरबन्द हुनु होइन ।

उनले सुरक्षा चुनौतीको विश्लेषणको आधारमा प्रहरी खटाइएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४