Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपचार नपाइरहेकी हिमलालाई विष्णुको सहयोग


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १४ २०७७
  • 10.1K
    SHARES

काठमाडौं । दुवै मृगौला फेल भएर डायलासिस गरिरहेकी रोल्पाकी हिमला पुन मगरले उपचार नपाइरहेको समाचार प्रकाशित भएपछि हङकङमा रहेका सर्जक विष्णुकुमार इङ्नामले सहयोग पठाएका छन् ।

इङ्नामले १० हजार सहयोग पठाएका हुन् । नेपालमा समस्या परेको बखत कुनै न कुनै सहयोग गरिरहने इङ्नामले यसअघि नै निकै विरामी तथा घाइतेलाई सहयोग गरिरहेका छन् । उनी गीतकार तथा मोडल हुन् ।

रोल्पा जिल्लाको दुईखोली गाउँपालिका घर भएकी हिमला पुन मगर उपचारको लागि काठमाडौंको गोलढुंगामा बस्दै आएकी छिन् । उनका श्रीमान मलेसियामा कार्यरत थिए । तर श्रीमतीको विरामीका कारण उनी करार अवधि पूरा नगरी फर्केर श्रीमतीको उपचार र ७ वर्षे छोरीको शिक्षामा जुटिरहेका छन् ।

श्रीमान काठमाडौमै काम गर्दै उपचारमा संलग्न थिए तर लकडाउनले गर्दा कम्पनी केही समयको लागि बन्द भएको छ । कम्पनी बन्द भएपछि उनीहरुलाई समस्या पर्दै आएको कुरा गोलढुंगामै बस्दै आएका देवचन्द्र तुम्खेवाले देखेपछि नयाँअनलाइनलाई जानकारी दिएका थिए । सोही जानकारी अनुसार नयाँअनलाइनले समाचार प्रकाशित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४