Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अखिलको नयाँ नेतृत्वका चयनका लागि आज मतदान हुदै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन ४ २०७९
  • 3.9K
    SHARES

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुँदैछ ।

बुधबारबाटै सुरू निर्वाचन प्रक्रियामा बिहीबार बिहान ८ बजेदेखि मतदान हुन लागेको हो ।

सर्वसम्मत नेतृत्व चयनका लागि सहमतिको प्रयास भए पनि अध्यक्ष पदका आकांक्षीहरु सहमत हुन नसकेपछि निर्वाचन प्रक्रिया सुरू भएको हो ।

महाधिवेशनले १ सय ९९ सदस्यीय केन्द्रीय समिति तथा ३ वटा केन्द्रीय आयोग पनि निर्माण गर्नेछ । प्रत्येक आयोगमा ५–५ जना सदस्य हुनेछन् ।

अध्यक्ष १, महासचिव र कोषाध्यक्ष १–१ जना, उपाध्यक्ष ४ र सचिव १० जना गरी पदाधिकारीहरुको चयन हुनेछ । १० सचिवमा ३ महिला, १ समावेशी र ६ खुला निर्वाचित हुनेछन् ।

अध्यक्षका लागिमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल र उपाध्यक्ष मोती विकले उम्मेदवारी दिएका छन् ।

अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनको मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४