Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रोहित रुम्बाले पाए फिल्म ‘लाखे’ बाट उत्कृष्ट अभिनेताको अवार्ड


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर २६ २०७९
  • 7.1K
    SHARES

काठमाडौं । चौथो ‘नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल २०२२’ मा फिल्म ‘लाखे’ बाट अभिनेता रोहित रुम्बाले उत्कृष्ट अभिनेता अवार्ड प्राप्त गरेका छन् ।

२१ वर्षको अभिनय करियरमा रोहितले पहिलोपटक अवार्ड प्राप्त गरेका हुन् । जसको खुसी उनले सामाजिक सञ्जाल फेसबुक मार्फत शेयर गरेका छन् । अवार्डले अझ काममा दत्तचित्त भएर लाग्न प्रेरणा मिलेको उनले बताए ।

उनले फेसबुकमा लेखेका छन्, ‘चौथो नेपाल साँस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सवले मलाई सपोर्टिङ रोलमा उत्कृष्ट अभिनेताको अवार्ड दिनुभएकोमा म आभारी छु । फिल्म क्षेत्रमा २१ वर्षपछि यो अवार्ड हात पार्न पाएकोमा मेरो लाखे फिल्मको टिमप्रति आभारी छु । मलाई विश्वास गरेको र मलाई राम्रो काम गर्न प्रेरित गरेकोमा मेरा निर्माता र निर्देशक सम्राट बस्नेतलाई हृदयदेखि धन्यवाद । र सबै भन्दा धेरै मेरो आमा र बुबा को जसले मलाई बुझेर जोश र प्रेरण दिनु भएको छ । तपाईं सबैलाई माया र सम्मान ।’

रोहितले ’ लव ईन चाईना बोर्डर’, ‘रुद्राक्ष’, ‘तोरी लाहुरे’, ‘उफ यो मन’, ‘धुम २’, ‘रघु’, ‘नेप्टे’ लगायत दर्जनौं फिल्म अभिनय गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४