Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौंलाई ‘सांस्कृतिक हब’ बनाउन आग्रह गर्दै किम्फ सुरु, दुई दर्जन विदेशी फिल्मकर्मी सहभागी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर २२ २०७९
  • 2.8K
    SHARES

काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (किम्फ)को २० औं संस्करण बिहीबारदेखि राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा सुरु भएको छ । बलिउड निर्देशक प्रकाश झाले फेस्टिभल शुभारम्भ गरे ।

फेस्टिभल उद्घाटन समारोहमा बोल्दै आयोजक हिमाल एसोसिएसनका अध्यक्ष वसन्त थापाले काठमाडौंलाई सांस्कृतिक सहरको रुपमा स्थापना गर्नेतर्फ अघि बढ्न काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई आग्रह गरे ।

काठमाडौं महानगर फेस्टिभलको सहआयोजक पनि हो । ‘काठमाडौंलाई फिल्म, साहित्य, संगीत, नाटक, सिम्फोनी र अर्केष्ट्राको विश्व हब बनाउन सकिन्छ र यसतर्फ म काठमाडौं महानगरलाई ध्यानाकर्षण गराउन चाहन्छु,’ अध्यक्ष थापाले भने ।

फेस्टिभलको वक्ताको रुपमा काठमाडौं आइपुगेका बलिउड निर्देशक झाले काठमाडौं आफूलाई मनपर्ने सहरमध्ये भएको र यसलाई सांस्कृतिक रुपमा जीवन्त सहर बनाउनुपर्ने बताए ।

झाको अभिनय रहेको फिल्म ‘मट्टोकी साइकिल’को विशेष प्रदर्शन पहिलो दिन भएको छ । झासहित फिल्म निर्देशक एम गनी पनि समारोहमा उपस्थित थिए । फिल्म स्क्रिनिङपछि झा र गनीले फिल्म हेरेका दर्शकसँग फिल्मको क्राफ्टबारे अन्तरक्रिया गरे ।

ओपनिङ समारोहमा जुरीहरु किरणभक्त जोशी, जिन्ना ली र माइकल पजले किम्फसँग जोडिएको सन्दर्भबारे धारणा राखे । ‘फिल्म निर्माण कार्य आफैंमा चुनौतीपूर्ण हो, सिक्ने र धैर्य गर्ने बानी सिक्नुपर्छ,’ चर्चित एनिमेटर समेत रहेका जोशीले भने ।

समारोहमा युरोपेली युनियनको नेपाल नियोगकी उपप्रमुख जोएल इभोनेटले नेपालको फिल्म संस्कृति विकास गर्नमा किम्फ फेस्टिभलले पुर्‍याएको योगदानको चर्चा गरिन् । युरोपेली युनियनले नेपालको जलवायु संकट, मानवअधिकार, शिक्षा स्वास्थ्य र संस्कृति प्रवद्र्धनको क्षेत्रमा काम गरिरहेको उनले बताइन् ।

‘बाघको बङ्गारा’ प्रिमियर

फेस्टिभलमा कमलकुमार निर्देशित डकुमेन्ट्री ‘बाघको बंगारा’ प्रिमियर गरिएको छ । हेर्ने कथा श्रृंखलाकी सञ्चालिका विद्या चापागाईंले निर्माण गरेको फिल्मले उत्तरी जाजरकोटको पहाडी भूगोलमा स्थानीयले गर्ने कष्टकर मह सिकारको कथा भन्छ ।

५५ मिनेट लामो यो फिल्मले शारीरिक र मानसिक यात्राको कथा पनि पेस गर्छ । प्रिमियरपछि निर्मात्री चापागाईं र निर्देशक कुमारले दर्शकसँग फिल्म छायांकनबारेको अनुभव पनि बाँडे ।

यो फिल्म लगत्तै सम्राट खनाल निर्देशित ३३ मिनेट लामो डकुमेन्ट्री ‘थ्रु द सिंगिङ भिलेज’को विश्व प्रिमियर पनि भयो । यसपछि जाकुब जेला निर्देशित ४६ मिनेट लामो ‘दु सार : अ काराकोरम स्की एक्सपिडिसन फिल्म’ प्रदर्शन गरियो ।

३० देशका ६० फिल्म

आगामी २६ गतेसम्म चल्ने फेस्टिभलमा ३० मुलुकका ६० भन्दा बढी फिल्म देखाइने भएको छ । फेस्टिभलमा भाग लिन दुई दर्जनभन्दा बढी विदेशी फिल्मकर्मी काठमाडौंमा छन् ।

सन् २००० देखि सुरु भएको किम्फ महोत्सवमा पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका फिल्म प्रदर्शन गरिन्छन् । फेस्टिभल समापन पोलियो उन्मूलनका लागि एक अष्ट्रेलियन अपांगता भएको व्यक्तिले सगरमाथा चढ्नलाई गरेको प्रयासबारे बनेको फिल्म ‘फ्लाई फ्रम एभरेष्ट’सँगै हुनेछ ।

महोत्सवमा अन्तर्राष्ट्रियतर्फ प्रथम, दोस्रो र तेस्रो हुने फिल्मले क्रमशः दुई लाख, एक लाख र ५० हजार रुपैयाँ पुरस्कारस्वरुप पाउनेछन् भने नेपाली पानोरामा अन्तर्गत फिक्सन र डकुमेन्ट्री विधामा उत्कृष्ट ठहरिएका फिल्मलाई एक लाख र ७५ हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ ।

इसिमोड सदस्य मुलुकबाट छानिएको उत्कृष्ट फिल्मले ‘बेस्ट इसिमोड माउण्टेन फिल्म अवार्ड’ सहित एक हजार अमेरिकी डलर पाउनेछ । त्यसैगरी महोत्सवमा अत्यधिक दर्शकको मत पाउने फिल्मले ‘किम्फ अडियन्स अवार्ड’ मार्फत ५० हजार पाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४