काठमाडौँ / राष्ट्रिय सङ्गीतकर्मी सङ्घको आयोजनामा कोरिया बाट नेपाल भ्रमण गर्न आउनु भएका कलाकारहरु तथा ब्यवसायीलाई स्वागत तथा सम्मान कार्यक्रम यही मिति २०७९/०३/३१ गते होटेल हिमालयको स्काइलाइन हलमा सम्पन्न भएको छ।
राष्ट्रिय सङ्गीतकर्मी सङ्घका केन्द्रीय अध्यक्ष बिक्रम जङ्ग शाहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सन्चालन राष्ट्रिय सङ्गीतकर्मी सङ्घका महासचिव अ्मृत खातीले गर्नु भएको थियो।
प्रमुख अतिथिको रुपमा नेपाल सरकारका सस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री जीवन राम श्रेस्ठ आउने भनिएता पनि मन्त्रीको अपर्झट उपत्यका बाहिर जानु पर्ने भएकाले नेपाल सरकार उधोग विभागका महानिर्देशक रामचन्द्र तिवारी, पर्यटन तथा होटेल ब्यस्थापन प्रतिष्ठानका प्रबन्ध निर्देशक राजेश जोशी , चर्चित गायक यम बराल ,गायक तथा नायक यश कुमार, नायक बिक्रान्त बस्नेत , बौद्विक युवा नेता तथा ब्यबसायी पर्शु बस्नेत चर्चित गायिका मन्जु पौडेल गायक शिरिश देवकोटा लगायत १५० भन्दा बढी सङ्गीतकर्मीहरुको जम्घट भएको थियो।
विबिध सङ्गीतकर्मीहरुको साङ्गीतिक प्रस्तुति सहितको उक्त कार्यक्रममा कोरियन पाहुनालाइ ढाका टोपि र पस्मिनाको पच्छौरीले सम्मान गर्नुका साथै बिभिन्न पर्यटकीय स्थल सहितको तस्बिरमा आखी झ्याल सहितको मायाको चिनो प्रदान गरिएको थियो।
कार्यक्रम पस्चात मैत्रीपुर्ण रात्री भोजको ब्यबस्थापन गरिएको थियो। दुबै देशका बक्ताहरुले दुइ देश बिचको सम्बन्ध अत्यन्तै प्रगाढ रहेको यस्ता सस्कृति आदानप्रदान कार्यक्रम निरन्तर भैरहनु पर्ने कुरामा जोड दिएका छन ।











