©नेत्र बहादुर कार्की
काठमाडौं । चर्चित लोक दोहोरी गायक तथा राष्ट्रिय संगीतकर्मी संघका प्रबक्ता समाजसेवी कुमार कार्की र चर्चित लोक दोहोरी गायिका शान्ति श्री परियारद्धारा गायिएको चर्चित लोक दोहोरी “न मेरो घरवार भो न मेरो दरवार भो” बोलको तिज गित भिडियो सहित बजारमा उपलब्ध छ ।
पछिल्लो समय नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फी रुपमा रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।
लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तिज आऊन करिव डेढ महिना बाकी नै छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् ।
यतिवेला नेपाली नारीहरुको मुख्यपर्व हरितालिका तिज पर्ब नजिक आइपुग्दै छ । यहि समय पारेर बजारमा धेरै हरितालिका तीज सम्बन्धि गीतहरु प्रतिस्मर्धा गर्दैछन् । त्यसै प्रतिस्पर्धामा नेत्र अ¥यालले रचना गरेका “न मेरो घरवार भो न मेरो दरवार भो” बोलको तिज गीत पनि बजारमा आएको छ ।
चर्चित लोक दोहोरी गायक कुमार कार्की र शान्ति श्री परियारद्धारा गायिएको “न मेरो घरवार भो न मेरो दरवार भो”गित सार्वजानिक हुनसाथ चर्चाको सिखरमा उक्लिरहेको छ ।
उक्त गीतको अभिनयमा अनिता बस्नेत, नायक बिक्रान्त बस्नेत,कुशल बिष्ट, सविना आचार्य लगायत कलाकारहरुले उत्कृष्ट अभिनय गरेर रंग भरेका छन् । भने प्रीज्मा रेकर्डडिङ स्टुडियोमा रेकर्ड गरिएको र कृष्ण विकले ऐरेन्ज गरी बनाइएको गीतलाई, मिक्सिङ श्याम रसाइलीले गरेका छन् ।
गितले सबैको मन जितोस हाम्रो तर्फबाट यो गित अनि सम्पूर्ण कलाकारहरुलाई सफलताको शुभकामना जन आवाज मिडिया हब प्रालि तथा जन प्रहार डटकम परिवार :
