Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालका चर्चित गायक, गायिकाको हार्मोनियम ट्युनिङ गर्ने विमल साह


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ १५ २०८२
  • 5.6K
    SHARES

काठमाडौं । संगीतले देशको सीमाना चिन्दैन, र यस्तै सन्देश बोकेर नेपाली भूमिमा जन्मिएका विमल साह आज अन्तर्राष्ट्रिय संगीत क्षेत्रमा चर्चाको शिखरमा पुगेका छन्।

बिश्वको प्रख्यात गजल सम्राट गुलाम अली जस्ता दिग्गज व्यतिका हार्मोनियम ट्युनिङ गर्ने सौभाग्य पाएका विमल साह कुनै बेला सर्लाहीको गाउँबाट राजधानीमा आएर हार्मोनियम मर्मत गर्ने सामान्य प्राविधिक थिए। तर, आज उनी संगीत संसारमा एउटा अभूतपूर्व नाम बनेका छन्।

गुलाम अली जस्ता विश्वप्रसिद्ध गजल सम्राटको हार्मोनियममा सुर भर्ने नेपाली छोरो विमल साह आज नेपाली संगीत–प्रविधि जगतका लागि अमूल्य रत्न हुन्। उनीजस्ता सिपमुलक व्यतिको योगदानले नेपाली प्रतिभाले विश्वसामु चिनिन सक्छ भन्ने प्रमाण मिल्छ। संगीतप्रेमीका लागि विमल साह न केवल एक मर्मतकर्ता, उनी संगीतको सुर साँच्ने सच्चा सिपाही हुन्।

बिमल साह र गुलाम अलीको सम्बन्ध
गजलका बादशाह गुलाम अली जस्त स्थापित गजलकारको लागि हार्मोनियमको सुर सान्दर्भिक मात्र होइन, अनिवार्य हुन्छ। त्यस्तो संगीतकारको हार्मोनियमलाई स्पर्श गर्ने मौका पाउनु नै नेपालीका लागि गर्वको विषय हो। विमल साहले  गुलाम अलीको हार्मोनियमलाई ट्युन गरे,  त्यो ट्युनिङले बिश्वको प्रख्यात गजल सम्राट गुलाम अलीलाई यति सन्तुष्टि दियो कि उनले विमललाई व्यक्तिगत रूपमा  धेरै प्रसंसा  गरेका थिए।

म संगीतको यात्रामा धेरै हार्मोनियम वादक र मर्मतकर्तासँग भेटेँ, तर विमल साहको जस्तै कुशलता  कसैमा भेटिन् ।  अलीले विमलप्रति व्यक्त गरेको प्रशंसा यति गहिरो छ कि आज पनि त्यो विमलको जीवनको स्वर्णिम पल बनेको छ।

विमल साहको साधारण जीवन, असाधारण उपलब्धि
सर्लाहीको ईश्वरपुर–१३, श्रीनगरमा जन्मिएका विमल साहले जीवनका सुरुवाती दिनहरू अत्यन्तै साधारण परिस्थितिमा बिताए। तर, उनले सानो कामलाई कहिल्यै तुच्छ ठानेनन्। पशुपति मन्दिर नजिकै उनले सन् २०१६ वि।सं। २०७३० मा सुरु गरेको हार्मोनियम मर्मतको यात्राले उनलाई संसारकै पहिलो डिजिटल हार्मोनियम ट्युनिङ डाक्टर बनायो।

डिजिटल ट्युनिङमा विश्व कीर्तिमान
वर्ल्ड बुक अफ रेकर्ड्स, लन्डनले उनलाई संसारकै पहिलो डिजिटल ट्युनिङ विशेषज्ञका रूपमा सम्मान गर्दा उनी मात्र नेपालकै होइन, सम्पूर्ण दक्षिण एशियाको गौरव बने। भारत, चीन, मलेसिया, अष्ट्रेलियाजस्ता देशहरूमा उनले हार्मोनियम मर्मत तथा सुर मिलाउने कार्य गरिसकेका छन्।

नेपाली र भारतीय कलाकारको पहिलो रोजाइ
विमल साहको हार्मोनियम सेवाबाट प्रभावित हुने कलाकारहरूको सूची नै संगीत प्रेमीलाई चकित पार्ने खालको छ।

नेपाली गायकगायिका शम्भुजीत बाँस्कोटा, रामकृष्ण ढकाल, अन्जु पन्त, राजेशपायल राई, प्रमोद खरेल, कुन्ती मोक्तान, दीप श्रेष्ठ आदि छन भने भारतीय कलाकार उदित नारायण, कुमार सानु, सोनु निगम, अनु मलिक लगायतका कलाकारहरूले पनि विमलको प्रशंसा गर्दै आएका छन्।

आज ‘विमल ब्रान्ड’ नामक हार्मोनियम देशविदेशमा मागिएको छ। उनका हार्मोनियम किन्नको लागि कम्तिमा एक महिना कुर्नुपर्ने अवस्था छ। यसले उनको लोकप्रियता र विश्वसनीयता स्पष्ट पार्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४