Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सञ्चारमन्त्री कार्कीले धाँधली भएको भनेपछि सुनसरी ४ मा मतगणना रोकियो


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर १० २०७९
  • 3.5K
    SHARES

काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ का कांग्रेस उम्मेदवार तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनाका क्रममा धाँधली भएको आरोप लगाएपछि त्यहाँ विवाद भएको छ ।

शुक्रबारराति मतगणनाका क्रममा हुँदै नभएको ६०६ मत एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतकोमा जोडेको आरोप लगाएका थिए । घटना गएराति भएको भनिए पनि कार्की आज मात्र बोलेका थिए ।

कार्कीको आरोपपछि गणना रोकिएको छ र अहिले निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसेको छ । सर्वदलीय बैठकमा विभिन्न दलका उम्मेदवार तथा प्रतिनिधिहरू सहभागी छन् ।

बैठकमा निर्वाचन अधिकृतको कार्यालयले गणना गर्ने कर्मचारीबाट गल्ती भएको स्वीकार गरेको श्रोतले बताएको छ । गणना रोकिनुअघि सार्वजनिक भएको परिणाम अनुसार यहाँ कार्की ७१ मतले अघि छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४