Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मोरङ ३ भानुभक्तसँग बदला लिंदै कांग्रेसका शुनिल शर्मा विजयी, रेखा थापा तेस्रो


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर १० २०७९
  • 2.3K
    SHARES

काठमाडौं । मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस उम्मेदवार डाक्टर शुनिल शर्मा विजयी भएका छन् । एमाले उम्मेदवार भानुभक्त ढकाललाई फराकिलो मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

२०७४ सालको निर्वाचनमा ढकालले नै डाक्टर शर्मालाई पराजित गरेका थिए । यो पटक डाक्टर शर्माले ठूलो मतान्तरसहित ढकाललाई पराजित गरेर बदला लिए । शर्मा नोबेल मेडिकल कलेज विराटनगरको सञ्चालक हुन् ।

शर्माले ४८ हजार ६३१ मत ल्याएका छन् । ढकालले २५ हजार ८९५ मत मात्रै पाए । राप्रपाबाट उम्मेदवार बनेकी रेखा थापाले १० हजार ९८८ मत ल्याएर तेस्रोमै सीमित भइन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास उप्रेतीले ३१७२, मंगोल नेशनल अर्गनाइजेसनका बिकेन्द्र राईले १५२० मत पाएका छन् ।
प्रदेश सभा ३(१) मा कांग्रेसका मानबहादुर लिम्बु निर्वाचित भएका छन् । उनले १९ हजार ७४९ मत ल्याएका छन् । एमाले उम्मेदवार दिलिप राईले १४ हजार ८१७ मत पाएका छन् ।
मोरङको ३(२) मा एमालेका ज्ञानेन्द्र सुवेदी निर्वाचित भएका छन् । उनले एकीकृत समावादीका लक्ष्मीकुमार श्रेष्ठलाई पराजित गरे । सुवेदीले १७ हजार ७२८ मत ल्याएका थिए । श्रेष्ठले १५ हजार ३५८ मत प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४