Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सनी देओलको फिल्म ‘चुपः रिभेन्ज अफ द आर्टिस्ट’ बक्स अफिसमा फ्लप


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज १३ २०७९
  • 5K
    SHARES

एजेन्सी । २३ सेप्टेम्बरमा रिलिज भएको भारतीय अभिनेता सनी देओलको ‘चुपः रिभेन्ज अफ द आर्टिस्ट’ फिल्म बक्स अफिसमा फ्लप साबित भएको छ ।

राष्ट्रिय चलचित्र दिवसको अवसरमा रिलिज भएको चलचित्रले समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाए पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छैन ।

फिल्मले बक्स अफिसमा दिनप्रतिदिन कमाई गरिरहेको छ । तर, राम्रो कमाई भने गर्न सकेको छैन् । योसँगै अब फिल्मको छैटौं दिनको कमाईको आँकडा पनि बाहिर आएको छ ।

आर बाल्कीको ‘चुपः रिभेन्ज अफ द आर्टिस्ट’ बाट ठूलो पर्दामा फर्किएका सन्नी देओलका लागि पनि यो फिल्म राम्रो हुन सकेन । यसअघि करियरमा लगातार १२ पटक फ्लप हुने सन्नीको यो १३ औँ फिल्म हो, जुन फ्लपको कगारमा उभिएको छ । मिडिया रिपोर्टका अनुसार यो फिल्म २८ करोडको लागतमा बनेको हो ।

पहिलो दिन ३.०६ करोड कमाएर फिल्मलेको अवस्था छैठौं दिनमा नाजुक भएको छ । फिल्मले दोस्रो दिन २.०७ करोड, तेस्रो दिन २ करोड २५ लाख, चौथो दिन ८२ लाख, पाँचौं दिन ७५ लाख र छैटौं दिन ७० लाखको व्यापार गरेको थियो । यस्तो अवस्थामा फिल्मको कुल कलेक्सन ९.६५ करोड पुगेको छ ।

‘चुपः रिभेन्ज अफ द आर्टिस्ट’ एक रोमान्टिक साइकोप्याथ थ्रिलर फिल्म हो । फिल्ममा सन्नी देओल, दुल्कर सलमान, पूजा भट्ट र श्रेया धन्वन्तरीको मुख्य भूमिका रहेका छन् ।

आर बाल्की निर्देशित यस फिल्ममा सनीले प्रहरीको भूमिका निभाएका छन् । योसँगै गौरी शिन्दे, राकेश झुनझुनवाला, अनिल नायडू र डा जयन्तीलाल गडाले फिल्म निर्माण गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४