Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौंको मेयर र उपमेयरमा तीन/तीन जनाबाहेक अन्य सबै उम्मेदवारको जमानत जफत


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ १३ २०७९
  • 5.7K
    SHARES

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर र उपमेयर निर्वाचनमा तीन जनाबाहेक सबै उम्मेदवारको जमानत जफत भएको छ ।

मेयर निर्वाचनमा निर्वाचित बालेन साह, सिर्जना सिंह र केशव स्थापितबाहेक अन्य सबैको जमानत जफत भएको छ भने उपमेयरमा निर्वाचित सुनिता डंगोल, रामेश्‍वर श्रेष्ठ र विद्या श्रेष्‍ठले मात्र जमानत जोगाउन सफल भए ।

कुनै पनि उम्मेदवारको जमानत जोगिन जम्मा सदर मतको १० प्रतिशत ल्याउनुपर्ने कानुनी प्रावधान छ ।

निर्वाचन आयोगका अनुसार मेयर पदमा खसेको सदर मत १ लाख ५९ हजार ९ सय ६ छ । यस्तै, उपमेयर पदमा खसेका मतमध्ये १ लाख २८ हजार ९ सय ७५ सदर भएको आयोगले जनाएको छ ।

मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह ६१ हजार ७६७ अर्थात खसेको कुल सदर मतको ३८.६३ प्रतिशत मत ल्याएर निर्वाचित हुनु भएको छ । दोस्रो स्थानमा रहनुभएकी कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ अर्थात २३.९८ प्रतिशत मत ल्याउनु भएको छ । त्यस्तै एमालेका केशव स्थापितले ३८ हजार ११७ अर्थात २३.८४ प्रतिशत मत पाउनु भएको छ । मेयरका बाँकी उम्मेदवारहरुले १० प्रतिशत मत ल्याउन सकेनन् ।

उपमेयरमा विजयी हुनु भएकी एमालेकी सुनिता डंगोलले ६८ हजार ६१२ अर्थात ५३.२० प्रतिशत मत ल्याउनु भएको छ । उपमेयरमा गठबन्धन तर्फबाट नेकपा एकीकृत समाजवादीका रामेश्‍वर श्रेष्ठले २३ हजार ८६ अर्थात १८.४६ प्रतिशत मत पाउनु भयो भने स्वतन्त्र उम्मेदवार विद्या श्रेष्‍ठले १३ हजार ६ सय ९५ अर्थात १०.६२ प्रतिशत मत पाउनु भएको छ । उपमेयरका बाँकी उम्मेदवारहरुले १० प्रतिशत मत कटाउन सकेनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४