Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निधिलाई प्रमुख अतिथि बनाएपछि बहिस्कारमा एमाले जनप्रतिनिधि


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ १२ २०७९
  • 4.9K
    SHARES

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको बिहीबार आयोजना गरिएको पदस्थापन कार्यक्रम नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन् ।

पदस्थापन कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिलाई बनाइएपछि एमालेका जनप्रतिनिधिले कार्यक्रम नै बहिष्कार गरेका हुन् ।

एमालेबाट निर्वाचित उपमहानगरपालिकाका ७ वटा वडाका अध्यक्ष र सदस्यहरुले विज्ञप्ति नै जारी गरेर पदस्थापन कार्यक्रम बहिष्कार गरेका हुन् । कुनै दलको एक जना नेतालाई कार्यक्रमको प्रमुख अतिथि राखेकाले आफूहरुले बहिष्कार गरेको उनीहरुले बताएका छन् ।

‘प्रदेशका मुख्यमन्त्री, मन्त्री वा नेपाल सरकारका बहालवाला प्रधानमन्त्री, मन्त्री वा सरकारका कुनै तह अनुसारको कर्मचारी भएको भए हामीलाई आपत्ति हुने थिएन्’ विज्ञप्तिमा भनिएको छ, ‘तर सुरुवातमै यस्तो कदम चालेकोले पदस्थापन कार्यक्रममा भाग लिन असमर्थ भएका छौं ।’

जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदबारी दिएका मनोज साह निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट राजिनामा दिएर मेयरमा निर्वाचित भएका साह बुधबार नेपाली कांग्रेसले निकालेको विजयी जुलुसमा सहभागी भए । उनले आफू कांग्रेसकै मतबाट जितेकाले विजयी जुलुसमा सहभागी भएको भन्दै फेरि पार्टीमा फर्किन सक्ने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४