Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१,३५,६९३ गणना हुँदा बालेनलाई ३४ प्रतिशत मत, सिर्जना र केशव हाराहारीमा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ ९ २०७९
  • 6K
    SHARES

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाको मतगणना जारी छ । अहिले ९ वडाकाे मतगणना जारी रहेकाे निर्वाचन समितिले जनाएकाे छ । अहिले वडाहरू ९, १०, १३, १४, १५, २०, २१, २२, २६ काे मतगणना जारी रहेकाे हाे ।

समितिकाअनुसार अहिलेसम्म १ लाख ३५ हजार ६ सय ९३ मतगणना भएकाे छ । जसमा अग्रस्थानमा रहेकाे स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साहले ४६ हजार ४ सय ७६ मत पाएका छन् । याे भने गणना भएकाेमध्ये ३४ प्रतिशत मत हाे ।

यस्तै दाेस्राे स्थानमा रहेकी गठबन्धनकी प्रत्याशी सिर्जना सिंहले २७ हजार ७ सय ९९ मत पाएकी छन् । याे भनेकाे गणना भएकाेमध्ये २० प्रतिशत मत हाे । सिर्जनाले बालेनले भन्दा १४ प्रतिशत कम मत ल्याएकी छन् भने तेस्राे स्थानमा रहेका एमालेका उम्मेदवार केशव स्थापितले १९ प्रतिशत मत ल्याएका छन् । सङ्ख्यामा केशव सिर्जनाभन्दा ९ सय ७ मतले पछि छन् ।

जारी मतगणनामा बालेनले वडाहरू ९, १०, १३, १४ र २६ मा अग्रता लिएका छन् । वडा नं. १५ मा भने सिर्जना अघि छन् । यस्तै वडाहरू २०, २१ र २२ मा स्थापितले अग्रता लिएका छन् ।

यसपटक काठमाडाैँ महानगरपालिकामा १ लाख ६७ हजार मत खसेको थियाे । यसमा १ लाख ३५ हजार ६ सय ९३ मत गणना भइसकेकाे छ । यसअनुसार अब ३१ हजार ३ सय ७ मत गन्न बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४