Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

७१५ स्थानीय तहको नतिजा आयो, कुन पार्टीले कति स्थानीय तहमा जिते ?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ ८ २०७९
  • 4.8K
    SHARES

काठमाडौं । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणनाको धेरै जसो स्थानीय तहको मत परिणाम आएको छ ।

गाउँ,नगर,उपमहानगर र महानगर पालिका गरी ७५३ पालिका रहेकामा अहिलेसम्म ७१५ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक मत परिणमामा नेपाली कांग्रेसले सबैभन्दा धेरै पालिकामा बर्चस्व राखेको छ । कांग्रेसले ३१४ वटा स्थानीय तहको प्रमुखपद जितेको छ भने २९२ वटा तहको उपप्रमुख पद जितेको छ । त्यसैगरी कांग्रेसले २ हजार ५६७ जना वडा अध्यक्ष जितेको छ । कांग्रेस पछि नेकपा एमाले दोस्रो स्थानमा रहेको छ । एमालेले १९३ वटा स्थानीय तहमा प्रमुख पद जितेको छ भने २१९ वटामा उपप्रमुख पद जितेको छ । उसले २ हजार ६१ जना वडा अध्यक्ष जितेको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । उसले १२० वटा स्थानीय तहमा प्रमुख पद जितेको छ भने १२५ वटामा उपप्रमुख जितेको छ । माओवादीले १ हजार १३ वडा अध्यक्ष हात पारेको छ । यता नेकपा एकिकृत समाजवादीले १७ वटा पालिकामा प्रमुख पद जित्दा २१ वटामा उपप्रमुख पद जितेको छ ।

२८ पालिकामा अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरु विजयी भएका छन् भने जनता समाजवादी पार्टीले २९ वटा स्थानीय तहका प्रमुख जितेको छ भने ३० उपप्रमुख पद जितेको छ । उसले २८० वडा अध्यक्ष हात पारेको छ । त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीले १४ स्थानीय तहका प्रमुख र १० वटा स्थानीय तहमा उपप्रमुख हात पारेको छ ।

अब ३८ वटा स्थानीय तहको नतिजा आउन बाँकी छ । ती मध्ये विभिन्न कारणले केही स्थानीय तहको मतगणना हुन सकेको छैन । बाँकीको भने मतगणना जारी छ । मतगणना जारी रहेका स्थानीय तहमा कांग्रेसले ११ पालिका प्रमुख र ८ उपप्रमुखमा अग्रता लिएको छ । यसैगरी नेकपा एमालेले १३ पालिका प्रमुख र १९ उपप्रमुखमा अग्रता लिएको छ ।

त्यस्तै माओवादीका उम्मेदवारहरुले २ पालिका प्रमुख र ३ उपप्रमुखमा अग्रता लिएका छन् । त्यस्तै जनता समाजवादी पार्टी नेपालले २ पालिका प्रमुख र १ उपप्रमुखमा अग्रता लिएको छ । नेकपा एकिकृत समाजवादी २ पालिकाको प्रमुखमा अगाडि छ ।

लोकतान्त्रिक समाजवादी पार्टी भने ३ पालिका प्रमुख र ३ उपप्रमुखमा अगाडि रहेको छ । अन्य पार्टीका र स्वतन्त्रले गरी ३ वटा पालिका प्रमुखमा अग्रता लिइरहेका छन् ।

राजनीतिक दलका उम्मेदवारहरुले कतिपय स्थानीय तहमा बिगतका एक अर्काका बर्चश्व रहेका किल्ला भत्काएर विजयी भएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बनेको थियो भने यसपाली दोस्रो भएको छ । त्यतिबेला दोस्रो बनेको कांग्रेस यसपाली भने पहिलो पार्टी बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४