Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

थप ५ सय १३ जनामा कोभिड संक्रमण, ८ जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक ६ २०७८
  • 2.1K
    SHARES

काठमाडौं । नेपालमा थप ५ सय १३ जनामा कोभिड–१९ संक्रमण भएको छ ।

६ हजार ९ सय ३१ जनामा गरिएको परीक्षणमा ५ सय १३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोभिड संक्रमितको संख्या ८ लाख ८ हजार ५ सय ३४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८ सय १७ जनालाई निको हुँदा ७ लाख ८६ हजार ६ सय ३० जना कोभिडबाट संक्रमणमुक्त भएका छन् । कोभिडबाट शनिबार ८ जनाको मृत्यु भएसँगै अहिलेसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ४५ पुगेको छ ।

देशभर कोभिडका १० हजार ५ सय ५९ सक्रिय संक्रमित छन् । जसमध्ये होम आइसोलेसनमा ९ हजार ७ सय ५७, संस्थागत आइसोलेसनमा ८ सय २, आईसीयूमा २ सय ६८ र भेन्टिलेटरमा ८० जना रहेका छन् ।

त्यसैगरी देशभर पछिल्लो २४ घण्टामा ६३ हजार ७४ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । देशभर अहिलेसम्म ८६ लाख ५ हजारले पहिलो मात्र खोप लगाउँदा ६५ लाख ९८ हजारले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४