Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकामा अन्धाधुन्ध गोलीकाण्डमा परी एक नेपाली विद्यार्थीको ज्यान गयो


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २७ २०७८
  • 6.7K
    SHARES

काठमाडाैँ । अमेरिकाकाे मेरिल्याण्डमा  एक बन्दूकधारीले अन्धाधुन्द गोली चलाउँदा एक नेपालीकाे समेत मृत्यु भएकाे छ । मेरिल्यान्ड राज्यको बाल्टिमोरमा शनिबार उक्त घटना भएकाे थियाे ।  साे गाेलीकाण्डमा परी  एक जना नेपालीसहित चार जनाको मृत्यु भएकाे जनाइएकाे छ ।

बाल्टिमोर काउन्टीका प्रहरी प्रवक्ता जोय स्टेवार्डका अनुसार ज्यान गुमाउने ४ मध्ये ३ जनाकाे पहिचान खुलेकाे छ भने एककाे खुल्न बाँकी छ । उनका अनुसार ज्यान गुमाउनेमा संखुवासभाका सागर घिमिरे रहेका छन् भने अन्य २ जना स्पेनी नागरिक रहेका छन् । घटनामा अर्का एक नेपालीसहित केही व्यक्ति घाइते भएका छन् ।

घटनाको १० मिनेटमै प्रहरी घटनास्थल पुगेकाे र अन्धाधुन्द गोली प्रहार गर्ने एभर्टन नामक व्यक्तिकाे घटनास्थलमा नै प्रहरीकाे गाेली लागेर मृत्यु भएकाे जनाइएकाे छ ।

 

घिमिरे अध्ययनका लागि अमेरिकामा बस्दै आएका थिए । हालै मात्र उनले अमेरिकाकै साउथ क्यारोलाइनाबाट स्नातक तहको दीक्षान्त सकेर बाल्टिमोर आएका थिए । केही समय त्यही काम गरेर नेपाल फर्किने उनकाे याेजना रहेकाे उनीसँगै गाेली लागेर घाइते भएका सर्लाहीका  श्याम अधिकारीले जानकारी दिए ।

हमलाकारीले सुरूमा उनीहरू बसिरहेकाे घरमा घरमा आगो लगाएकाे र घरभित्र रहेका मानिसहरू भाग्ने क्रममा अन्धाधुन्ध गाेली चलाएकाे प्रहरीकाे भनाइ छ । साेही क्रममा घिमिरेलाइ पनि गाेली लागेकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४