२०८०/१/१
कविता
😀 नयाँ वर्ष आयो 😀
नेपालीहरूको रमाउने बेला नयाँ वर्ष आयो
डाडाँकाडा हरियाली सँगै खुसियाली छायो
लालीगुराँस सुनखरि बास्ना छरि फुल्ने
खुसि उमङगर हर्षले दुख सबै भुल्ने ।।
वर्ष दिनमा एक पटक नयाँ वर्ष आउने
घर आगन बनपाखामा रमाइलो छाउने
घनघोर जङ्गलमा अनेकौ फुल फुल्ने
वर्ष दिनका दुख पिडा त्यहीँ हेरेर भुल्ने।।
अति राम्रो मौसमसँगै सुन्दारताले छायो
नेपालीको खुसी बाड्ने नयाँ वर्ष आयो
कोइलिले बिरहको भाका गाउने बेला आयो
मृग र कस्तुरीले गिरिवन घुम्ने बेला आयो।।
स्वर्गझै रमाइलो छाउदै नयाँ वर्ष आयो
नयाँ उमङगले सबैको मुहारमा खुसी छायो
वनका अनेकौ फुलको सुगन्ध सदा हावाले वहार
पिडा भुलि अरु चहिन्न नयाँ वर्षले दिन्छ सारा।।
🎁🎁सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनी आमा बाबा लगायत देश-बिदेशमा छरिएर रहनु भएका मेरा मान्यजन प्रियजन सम्पूर्णमा २०८० सालको हार्दिक मङगलमय शुभकामना व्यक्त गर्नचाहनछु । यो वर्षले हजुरहरुको जीवनमा सधै खुसी छाओस र प्रगतिले शिखर चुमोस । 🎁🎁
Happy new year
Happy new year
NETRA BAHADUR KARKI✋