Jana Prahar

बिहिबार, असोज २९ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लेभान्तेलाई पाखा लगाउँदै एथ्लेटिक फाइनलमा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २१ २०७७
  • 4.3K
    SHARES

एजेन्सी । लेभान्तेलाई पाखा लगाउँदै एथ्लेटिक बिल्बाओ स्पेनिस ‘कोपा डेल रे’ फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा लेभान्तेलाई २–१ ले पराजित गरेपछि समग्रमा ३–२ को जितसहित बिल्बाओ फाइनलमा पुगेको हो ।

यसअघि पहिलो लेगको खेलमा यी दुई टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

लेभान्तेको मैदानमा भएको दोस्रो लेगमा भ्रमणकारी टोली बिल्बाओका लागि राउल गार्सिया र एलेक्स बेरेनगरले एक एक गोल गरे ।

घरेलु टोलीका रोजरले एक गोल फर्काए । जितसँगै बिल्बाओले बार्सिलोना विरुद्धको उपाधि भिडन्त तय गरेको छ ।

पहिलो सेमिफाईनल खेलमा सेभियालाई अतिरिक्त समयमा हराउँदै बार्सा फाईनलमा पुगेको हो ।

कोपा डेल रे फुटबलको फाईनल खेल आगामि अप्रिल १७ तारिखमा स्पेनको सेभिया शहरको ‘ला–कार्टुजा’ रंगशालामा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४