Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फिफा विश्वकप फुटबलमा न्युजिल्यान्ड र इरानबीचको रोमाञ्चक खेल बराबरीमा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार २ २०८३
  • 1.4K
    SHARES

काठमाडाैं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘जी’ को रोमाञ्चक खेलमा इरान र न्युजिल्यान्डले २–२ गोलको बराबरी खेलेका छन्।

अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलस रङ्गशालामा मंगलबार बिहान भएको खेलको अन्तिममा दुवै टोलीले आक्रामक रुपमा खेले पनि थप गोल हुन नसकेकाे हाे। खेलको ८५ औँ मिनेटमा इरानले न्युजिल्यान्डको पेनाल्टी बक्स वरपर लगातार दबाब बढाउँदै गोल गर्ने प्रयास गरेको थियो। सोही क्रममा बल इरानी खेलाडी साइद एजातोललाहीको नियन्त्रणमा पुगेको थियो। उनले डिबक्स बाहिरबाट प्रहार गरेको प्रहार क्रसबारको निकै माथिबाट बाहिरिएपछि इरानले खेलमा अग्रता लिने सुन्दर मौका गुमाएकाे हाे।

राजनीतिक रूपमा तनावपूर्ण सम्बन्ध रहेका आयोजक राष्ट्र अमेरिका र इरानबीचको यो भिडन्त निकै गम्भीर माहोलमा खेलिएको थियो। महिनौं लामो युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएसँगै दुई देशबीच खेल शुरु भएको हो। खेलको शुरुवाती समयमा न्युजिल्यान्डले अग्रता लिए पनि इरानले उत्कृष्ट पुनरागमन गर्दै खेललाई २-२ गोलको बराबरीमा सकेको थियाे।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४