Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रिय सभा सदस्य चयनका लागि सातै प्रदेशमा मतदान प्रक्रिया सुरु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ १२ २०८२
  • 1.4K
    SHARES

काठमाडौं । रिक्त रहेका राष्ट्रिय सभा सदस्य पदका लागि आज बिहान ९ बजेदेखि सातै प्रदेशमा मतदान कार्य सुरु भएको छ । आगामी फागुन २० गतेदेखि रिक्त हुने १८ पदमध्ये १७ पदका लागि सातै प्रदेशका तोकिएका मतदान केन्द्रहरूमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । कोशी प्रदेशमा एक पदमा निर्विरोध भइसकेकाले बाँकी पदका लागि उत्साहजनक रूपमा मतदान भइरहेको हो ।

निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार सबै प्रदेशमा बिहान ९ बजेदेखि नै मतदान सुरु भएको र यो क्रम अपराह्न ३ बजेसम्म जारी रहनेछ । मतदान सकिएलगत्तै गणना सुरु गरी आजै साँझसम्म नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ ।

कोशी प्रदेशमा रिक्त दुई पदमध्ये खस आर्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी एक पदका लागि विराटनगरमा मतदान जारी छ ।

गण्डकी प्रदेशको पोखरास्थित निर्वाचन कार्यालयमा मतदान जारी छ । नेकपा एमालेका नेता एवं प्रदेश सांसद खगराज अधिकारीले पहिलो मत खसालेर निर्वाचनको शुभारम्भ गरेका थिए । गण्डकीमा २ पदका लागि ६ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

गण्डकीमा नेपाली कांग्रेस र एमालेको गठबन्धनबाट अन्यमा जगत तिमिल्सिना र महिलामा सम्झना देवकोटा उम्मेदवार छन् । यस्तै, नेकपाबाट अन्यमा कपिल लामा र महिलामा गोमा घिमिरे (रुची) तथा राष्ट्रिय जनमोर्चाबाट अन्यमा शंकर बराल र महिलामा लक्ष्मी बास्कोटा प्रतिस्पर्धामा छन् । यहाँ १ सय ६९ स्थानीय तहका प्रतिनिधि र ५९ प्रदेश सांसद गरी कुल २ सय २८ मतदाता रहेका छन् ।

लुम्बिनी प्रदेशमा तीन सिटका लागि मतदान भइरहेको छ । बिहान ९:३० बजेसम्ममा प्रदेश सभाका २६ सदस्य र स्थानीय तहका ५० प्रतिनिधिले मतदान गरिसकेको आयोगले जनाएको छ । लुम्बिनीमा ८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यहाँ पनि कांग्रेस र एमालेको संयुक्त गठबन्धन छ । गठबन्धनबाट तीन, नेकपाबाट तीन र राष्ट्रिय जनमोर्चाबाट दुई जनाले उम्मेदवारी दिएका छन् । लुम्बिनीबाट महिला, अपाङ्गता–अल्पसङ्ख्यक र अन्य गरी तीन सदस्य निर्वाचित हुनेछन् ।

कर्णाली प्रदेशमा एक महिला र एक अन्य क्लस्टरका लागि मतदान भइरहेको छ । प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङका अनुसार मतदान शान्तिपूर्ण रूपमा जारी छ । कर्णालीमा कांग्रेस-एमाले गठबन्धन र नेकपाबीच मुख्य प्रतिस्पर्धा छ ।

यस पटकको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धन एउटा बलियो शक्तिका रूपमा देखिएको छ भने नेकपा र राष्ट्रिय जनमोर्चा जस्ता दलहरूले पनि आफ्ना उम्मेदवार खडा गरेका छन् । राष्ट्रिय सभाका सदस्यहरूको पदावधि ६ वर्षको हुने भए पनि गोला प्रथाद्वारा रिक्त हुने पदका लागि यो निर्वाचन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४