Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जिल्ला प्रशासनमा अनलाइन दर्ता अनिवार्यको प्रावधानविरुद्ध सर्वोच्चमा रिट


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन २८ २०८२
  • 2.6K
    SHARES

काठमाडौं । अनलाइन सञ्चारमाध्यमलाई जिल्ला प्रशासन कार्यालयमा दर्ता अनिवार्य गर्ने कानुनी व्यवस्था खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ ।

अधिवक्ता अनिल आचार्य, पत्रकार सुमल लुँइटेल र सञ्चारमाध्यम सञ्चालक बिकल गिरीले संयुक्त रूपमा छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ मा हालै थपिएको दफा ७(ख) खारेज गर्न माग गर्दै रिट दर्ता गरेका हुन् । उक्त दफाले अनलाइन सञ्चारमाध्यमहरू सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनुपर्ने व्यवस्था गरेको छ ।

१४ साउन २०८१ मा राजपत्रमा प्रकाशित ‘केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०८२’ मार्फत छापाखाना तथा प्रकाशन ऐनमा संशोधन गरी यो प्रावधान थपिएको हो ।

रिट निवेदनमा उल्लेख भएअनुसार, यो नयाँ कानुनी व्यवस्था संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकमा प्रत्यक्ष अतिक्रमण हुने खालको छ ।

उनीहरूले हाल अनलाइन सञ्चारमाध्यमहरूको दर्ता तथा नियमन प्रेस तथा सूचना विभागमार्फत हुँदै आएको व्यवस्था यथावत् राख्नुपर्ने माग गरेका छन् । कानुनी व्यवस्था खारेजको माग भएकाले यो रिट निवेदन संवैधानिक इजलासमा सुनुवाइ हुनेछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, कानून मन्त्रालय, सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिल नेपाल, संघीय संसद सचिवालय, सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४