Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओली र लेखकलाई ५ दिन थुनामा राख्न अदालतको अनुमति


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १५ २०८२
  • 1.7K
    SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामा राखेर अनुसन्धान अघि बढाउन अदालतले अनुमति दिएको छ ।

आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले ५ दिनको म्याद थप गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

सरकारी वकिलले दुवैलाई थुनामा राखेर अनुसन्धान गर्न माग गरेपछि अदालतले उक्त अनुमति दिएको हो ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमनसम्बन्धी घटनामा उनीहरूलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

उक्त समयमा केपी शर्मा ओली प्रधानमन्त्री तथा रमेश लेखक गृहमन्त्री रहेका थिए ।

आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित आयोगले दुवैलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा शनिबार उनीहरूविरुद्ध जरुरी पक्राउ पुर्जी जारी गरी नियन्त्रणमा लिइएको हो ।

आइतबार अदालतमा रमेश लेखक स्वयं उपस्थित भएका थिए भने बिरामी रहेका केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पतालमार्फत भर्चुअल रूपमा उपस्थित गराइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४